logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • ट्विटरबाट कर्मचारी हटाउने सिलसिला रोकिएन, थप ४४०० जनालाई जागिरबाट हटाइयो

    ट्विटरबाट कर्मचारी हटाउने सिलसिला रोकिएन, थप ४४०० जनालाई जागिरबाट हटाइयो

    1.5K
    SHARES
    ट्विटरबाट कर्मचारी हटाउने सिलसिला रोकिएन, थप ४४०० जनालाई जागिरबाट हटाइयो

    काठमाण्डौ । ट्विटरका कर्मचारीहरुको समस्या कम हुने देखिँदैन। टेस्लाका सीईओ र विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कले माइक्रो–ब्लगिङ साइट ट्विटर किनेदेखि नै कम्पनीका कर्मचारीहरु कटौती गर्दै आएका छन्। मस्कले ट्विटरबाट ५० प्रतिशत अर्थात ३ हजार ८०० कर्मचारीलाई जागिरबाट बर्खास्त गरिसकेको छ।



     

    अहिले फेरि ४ हजार ४०० करार कर्मचारीलाई बर्खास्त गरिएको कम्पनीले जनाएको छ। प्लेटफर्मर र एक्सियोसका रिपोर्टहरुका अनुसार माइक्रो–ब्लगिङ प्लेटफर्मले अब करारमा कार्यरत कर्मचारीलाई कामबाट निकालिरहेको छ। प्लेटफर्मरका केसी न्युटनले ट्विटरले करारमा कार्यरत कर्मचारीलाई जानकारीसमेत नदिई जागिरबाट निकालेको जानकारी दिएका छन्। ‘उनीहरुलाई ई–मेलको एक्सेसबाट हटाइएको छ’, उनले भने।

    म्यानेजरहरुलाई यो कुरा तबमात्रै थाहा भयो जब आफ्ना कर्मचारी सिस्टमबाट गायब भए। त्यसअघि उनीहरुलाई पनि यसबारे कुनै जानकारी थिएन। ट्विटरले गत साताको अन्त्यमा करारमा कार्यरत कर्मचारीलाई हटाएकोबारे अझै कुनै टिप्पणी गरेको छैन।


    अर्थ चाैतारी
  • सोमबार, २८ कात्तिक २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट