logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • ह्वावेद्वारा ‘५जी प्लस एआई’ मार्फत स्मार्ट माइनिङलाई नयाँ चरणमा लैजाने घोषणा

    ह्वावेद्वारा ‘५जी प्लस एआई’ मार्फत स्मार्ट माइनिङलाई नयाँ चरणमा लैजाने घोषणा

    1.7K
    SHARES
    ह्वावेद्वारा ‘५जी प्लस एआई’ मार्फत स्मार्ट माइनिङलाई नयाँ चरणमा लैजाने घोषणा

    काठमाण्डौ । माइन हार्मोनीको व्यावसायीकरणको एक वर्ष पछि ह्वावेले ‘५जी प्लस एआई’ मार्फत स्मार्ट माइनिङलाई नयाँ चरणमा लैजाने भएको छ । सोही क्रममा अपरेटिङ सिस्टम ठूलो मात्रामा व्यावसायिक प्रयोगको चरणमा प्रवेश गरेको घोषणा गरेको छ ।



    ह्वावे कनेक्ट २०२२ मा बोल्दै ह्वावेका रोटेटिङ अध्यक्ष केन हुले उद्योगका ग्राहकहरूलाई उनीहरूको आवश्यकता अनुसार सही प्रविधि छनोट गर्न र यसको अधिकतम फाइदा साझेदारहरूसँग काम गर्ने कम्पनीको समर्पण रहेकोमा जोड दिए । ‘हाम्रा ग्राहकहरूलाई वास्तवमै उनीहरूको आवश्यकताहरू पूरा गर्ने परिदृश्यमा आधारित सही समाधानहरू प्रदान गर्न, हामीले उनीहरूको उद्योगमा रहेका चुनौतीहरूलाई साँच्चै बुझ्नका लागि सँगसँगै काम गर्नुपर्छ’ हूले भने । उनका अनुसार यसको गठन भएको एक वर्षपछि ह्वावेको खानी टोलीले ठोस प्रगति गरेको छ।

    माइन हार्मोनी ओएस, ह्वावे र चाइना इनर्जी इन्भेष्टमेन्ट कर्पोरेसनद्वारा रचित संयुक्त इनोभेसन हो । यो प्रणाली १३ खानी र एउटा कोइला धुने कारखानामा ३ हजार ३ सय सेट उपकरणमा राखिएको जनाएको छ । प्रणाली भित्री मंगोलियाको सम्पूर्ण वुलानमुलुन (जसलाई उलान मोरान पनि भनिन्छ) खानीमा तैनाथ गरिएको कम्पनीका ह्वावेका रोटेटिङ अध्यक्ष केन हुले बताए । अपरेटिङ सिस्टमले उपकरणहरूको स्मार्ट नियन्त्रण, निश्चित साइटहरूको स्वतः गस्ती र उपकरणहरूको अनलाइन स्तरवृद्धि सहित धेरै नवीन परिदृश्यहरू समेट्ने कम्पनीले उल्लेख गरेको छ ।

    यस प्रविधिको मुख्य विशेषता सबैभन्दा उपयुक्त नेटवर्क टेक्नोलोजीहरू फेला पार्नु रहेको उल्लेख गरेको छ । ह्वावेले आफ्नो ‘५जी’ क्षमताहरू साथै एफटीटीएम र आईपीभी ६ प्लसको साथमा पूर्ण रूपमा अप्टिकल कनेक्टिभिटीलाई भूमिगत खाडलहरूमा लिएको छ। भूमिगत कोइला खानीहरूमा विभिन्न प्रोटोकलहरूमा चल्ने सबै प्रकारका यन्त्रहरू र उपकरणहरू जडान गरिएको कम्पनीले उल्लेख गरेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ३० कात्तिक २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट