logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सिवाईसी लघुवित्तको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

    सिवाईसी लघुवित्तको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

    1.4K
    SHARES
    सिवाईसी लघुवित्तको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

    काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सिवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ।



    नेप्सेको आज मंसिर २३ गतेको निर्णयबाट मर्जर प्रयोजनका लागि रोक्का रहेको सिवाईसी लघुवित्तको आधारभूत सेयरधनीहरुबाहेकका अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा गरेको हो। अब आउँदो आइतबारबाट सिवाईसी लघुवित्तको सेयर कारोबारमा आउनेछ।

    आँधिखोला लघुवित्तसँग मर्जर जाने प्रारम्भिक सम्झौता गरेसँगै सिवाईसी लघुवित्तको सेयर कारोबार गत असार २३ गतेबाट नेप्सेले रोक्का राखेको थियो। सिवाईसी लघुवित्तसँगै मर्जर प्रयोजनका लागि रोक्का रहेका २० वटा कम्पनीको सेयर कारोबार नेप्सेले फुकुवा गरिसकेको छ। अझै मर्जर प्रक्रियामा रहेका १५ वटा कम्पनीको सेयर कारोबार रोक्का रहेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २३ मंसिर २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट