logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • इन्टरनेटको गुणस्तर परीक्षण गर्दै प्राधिकरण, माग्यो आशयपत्र

    इन्टरनेटको गुणस्तर परीक्षण गर्दै प्राधिकरण, माग्यो आशयपत्र

    1.5K
    SHARES
    इन्टरनेटको गुणस्तर परीक्षण गर्दै प्राधिकरण, माग्यो आशयपत्र

    काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूले वितरण गर्ने इन्टरनेट गतिको गुणस्तर परीक्षण गर्ने भएको छ । प्राधिकरणले सातवटै प्रदेशहरूमा इन्टरनेटको गुणस्तर परीक्षण गर्ने भएको हो ।



     

    प्राधिकरणले सातै प्रदेशमा इन्टरनेटको गुणस्तर परीक्षण गर्न भन्दै आशयपत्र आह्वान गरेको छ । इन्टरनेट सेवा प्रदायकहरूले वितरण गर्ने इन्टरनेटको गुणस्तरमा गुनासो आइरहेको छ । विशेषगरी, विश्वकपका खेलहरू हेर्ने क्रममा इन्टरनेट स्लो भएको भन्दै सेवा प्रदायक कम्पनीहरूको आलोचना हुँदै आएको छ ।

     

    प्राधिकरणले इन्टरनेटको गुणस्तर परीक्षण गर्ने लक्ष्यसहित यसको अध्ययनका लागि आशयपत्र आह्वान गरेको हो । आवेदकले पुस ६ गतेसम्म आशयपत्र दिनुपर्ने प्राधिकरणले जनाएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २९ मंसिर २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट