logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • एमडीएमएस प्रणाली लागु, आजदेखि आयातित मोबाइल सेट नचल्ने

    एमडीएमएस प्रणाली लागु, आजदेखि आयातित मोबाइल सेट नचल्ने

    702
    SHARES
    एमडीएमएस प्रणाली लागु, आजदेखि आयातित मोबाइल सेट नचल्ने

    काठमाण्डाै । आज (पुस १५) देखि नेपाल दूरसञ्चार प्राधिकरणमा दर्ता नभएका मोबाइल सेट नचल्ने भएका छन्। मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोग निरुत्साहन गर्न प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रूपमा कार्यान्वयन गरेको हो।



    चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ/ब्लकिङ गर्न प्राधिकरणले एमडीएमएस यसअघि परीक्षणका रूपमा लागू गरेको थियो। आजदेखि भने पूर्ण रूपमा लागू गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले गत शनिबार सूचना जारी गरी विदेशबाट आउने नेपालीहरूले निजी प्रयोगका लागि साथमा ल्याएका (एमडीएमएस प्रणालीमा दर्ता नभएका वा नेपालमा मिति २०७९ भाद्रभन्दा अगाडि प्रयोगमा नरहेका) मोबाइल सेटहरूको (१५ Digit को IMEI नम्बर सहितको) भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापन पत्र लिई प्रणालीमा अद्यावधिक गर्न अनुरोध गरेको थियो।

     

    नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट पुस १५ (आज) देखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने प्राधिकरणले जनाएको छ। प्राधिकरणको सूचनामा भनिएको छ, ‘नेपालभित्रै मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए/नभएको यकिन गर्न सकिने हुँदा सोहीअनुरूप यकिन गरेर मात्र खरिद गर्नु हुनका साथै मोबाइल आयातकर्तारबिक्रेताहरूले मोबाइल आयात गर्नुअघि अनिवार्य रूपमा प्राधिकरणको पूर्व स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्नुहुन समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ।’


    अर्थ चाैतारी
  • शुक्रबार, १५ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट