logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • प्रधानमन्त्रीको निर्देशन पछि विदेशबाट फर्किने यात्रुले ल्याउने मोबाइलमा यसअघिकै व्यवस्था कायम

    प्रधानमन्त्रीको निर्देशन पछि विदेशबाट फर्किने यात्रुले ल्याउने मोबाइलमा यसअघिकै व्यवस्था कायम

    1.1K
    SHARES
    प्रधानमन्त्रीको निर्देशन पछि विदेशबाट फर्किने यात्रुले ल्याउने मोबाइलमा यसअघिकै व्यवस्था कायम

    काठमाण्डाै । सरकारले विदेशबाट उपहारमा मोबाइल ल्याउँदा भन्सार विन्दुमा प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था तत्कालका लागि स्थगित गरेको छ । विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।



     

    भन्सार विभागले विमानस्थल भन्सार कार्यालयलाई आजबाट जारी गर्ने भनिएको त्यस्ता प्रज्ञापनपत्र जारी नगर्न निर्देशन दिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेका अनुसार आजबाट विदेश बाट आउनेहरुले आफ्नो प्रयोगमा रहेको उउटा मोबाइल स्वघोषणा गरेर निःशुल्क प्रज्ञापनपत्र लिने र दोस्रो मोबाइलको भन्सार शुल्क तिरेर मात्रै प्रज्ञापनपत्र लिने व्यवस्था कार्यान्वयन नगरिएको बताए ।

     

    ‘हामीलाई हिजो बेलुका नयाँ लागू गर्न खोजिएको व्यवस्था कार्यान्वयन नगर्न निर्देशन आएको छ,’ उनले भने,’हामीले प्रज्ञापनपत्र दिएका छैनौं ।’ सरकारले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम -एमडीएमएस) पूर्ण प्रयोगमा ल्याउँदै विदेशबाट आउने मोबाइल नेपालमा दर्ता गर्नका लागि भन्सार विन्दुमा प्रज्ञापनपत्र दिने व्यवस्था गरेको थियो ।

     

    यसैअनुसार विदेशबाट आएका यात्रुले बोकेको पहिलो मोबाइलको दर्ताका लागि निःशुल्क प्रज्ञापनपत्र जारी गर्ने र दोस्रोको लागि १८ प्रतिशतसम्म भन्सार तिरेर प्रज्ञापनपत्र लिने व्यवस्था गरिएको थियो । अब पनि दुई भन्दा बढी मोबाइल ल्याएमा भने भन्सारले जफत गर्ने नियम विद्यमान रहनेछ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट