logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • खल्तीबाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा रु. १ हजारसम्म क्यासब्याक

    खल्तीबाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा रु. १ हजारसम्म क्यासब्याक

    858
    SHARES
    खल्तीबाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा रु. १ हजारसम्म क्यासब्याक

    काठमाण्डौ । ‘खल्ती’ ले आइएमई लाइफ इन्स्योरेन्सको प्रयोगकर्ताका लागि बीमा प्रिमियम ‘खल्ती’बाट भुक्तानी गर्ने अफर उपलब्ध गराएको छ। यस अफरअन्तर्गत प्रयोगकर्ताले प्रिमियम भुक्तानीमा रु. १ हजारसम्मको क्यासब्याक प्राप्त गर्नेछन्।



     

    यो सुविधामार्फत आइएमई लाइफ इन्स्योरेन्सको प्रयोगकर्ताले नेपालभरि जहाँबाट पनि सजिलै खल्तीबाट प्रिमियम भुक्तानी गर्न सक्नेछन्।

    आइएमई लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम ‘खल्ती’बाट यसरी तिर्न सकिन्छ–

    ● खल्ती एपको होम स्क्रिनमा गई ‘इन्स्योरेन्स’ मा ट्याप गर्नुहोस्

    ● ‘आइएमई लाइफ इन्स्योरेन्स’ छनौट गर्नुहोस्

    ● मागिएको विवरण भरी भुक्तानी गर्नुहोस्

    यस सेवाकाबारे थप बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, ‘हाम्रा प्रयोगकर्ताले डिजिटल बानीलाई बसाल्न यस प्रकारको कुनै पनि वित्तीय लेनदेनहरु निर्वाध रुपमा कार्यान्वयन गर्न सक्ने सुनिश्चित गर्न हामी निरन्तर काम गरिरहेका छौँ। यसले उनीहरुले समय र पैसा दुवै बचत गर्न सक्ने हामी विश्वास राख्दछौँ।’ प्रयोगकर्ताले भुक्तानी गरेपछि रु. १ हजारको बोनस तुरुन्तै पाउनेछन्। तर, प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछिको ७ दिनभित्र प्रिमियम तिर्दामात्रै बोनस प्राप्त हुनेछ।

     

    यसका साथै खल्तीले अर्को ठूलो अफर ल्याएको छ। जसअन्तर्गत खल्तीमा लिंक गरिएको बैंक खातामार्फत भुक्तानी गर्ने कुनै ४५ भाग्यशाली प्रयोगकर्ताले ३२ इन्चको टीभी जित्ने सम्भावना रहेको छ। आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताले लिंक गरिएको बैंकबाट भुक्तानी गरी यो अफरमा सहभागी जनाउन सक्नेछन्।

    आईएसओ २७००१ः२०१३ बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा पुगेको छ। खल्तीमा हाल २५ लाखभन्दा बढी प्रयोगकर्ता र ६० हजारभन्दा बढी एजेन्ट नेटवर्कसँगै देशभरको परिवारमा वृद्धि गरेको छ।

    सबै नेपालीमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टीभी रिचार्ज, हवाई र सिनेमा टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्सहरु, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरु र थुप्रै डिजिटलाइज्ड सेवाहरु उपलब्ध गराएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट