logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • पाल्पाको भैरवनाथ मन्दिरमा माछापुच्छ्रे बैंकको क्यूआर कोड, भेटी चढाउन सकिने

    पाल्पाको भैरवनाथ मन्दिरमा माछापुच्छ्रे बैंकको क्यूआर कोड, भेटी चढाउन सकिने

    702
    SHARES
    पाल्पाको भैरवनाथ मन्दिरमा माछापुच्छ्रे बैंकको क्यूआर कोड, भेटी चढाउन सकिने

    काठमाण्डौ । माछापुच्छ्रे बैंक लि.ले पाल्पास्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमा क्यु. आर. कोड सेवा सञ्चालनमा ल्याएको छ।



    उक्त भैरवनाथ मन्दिर पाल्पा तानसेनको एक प्रसिद्ध धार्मिक पर्यटकीय स्थल हो। उक्त मन्दिरमा वर्षेनी थुप्रै भक्तजनहरु आउने गरेका छन् भने विशेष गरी मंगलबार र शनिबार दर्शनार्थीहरुको भीडभाड हुने गर्दछ।

     

    डिजिटल बैंकिङ्गमा आक्रामक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंक लि.ले पाल्पाको पवित्र तीर्थस्थल भैरवनाथ मन्दिरमा शनिबार भएको एक औपचारिक कार्यक्रममा क्यूआर कोड हस्तान्तरण गरेको थियो।

     

    उक्त क्यूआर कोड रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की र माछापुच्छ्रे बैंक लि.का लुम्बिनी प्रदेश नं ५ क्लस्टर ‘ए’का प्रमुख नारायण केसीमार्फत भैरवनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद पोखरेल ज्युलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए। सो कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, व्यापारी, सर्वसाधारण एवम् बैंकका कर्मचारीहरुको उल्लेख्य उपस्थिति थियो।

    यो सेवा सञ्चालनमा आएपछि मन्दिरमा आउने दशनार्थीहरुले क्यूआर कोडबाटै भेटी चढाउन सक्नेछन्। दशनार्थीहरुले क्यूआर कोड सेवा निःशुल्क प्रयोग गर्न सक्नेछन्। नगदको विकल्पका रुपमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यूआर कोडको प्रयोग आम मानिसमा बढ्दै गइरहेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १९ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट