logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • आउटरिचले चीनमा दुई वटा काँस्य पदक जित्यो

    आउटरिचले चीनमा दुई वटा काँस्य पदक जित्यो

    923
    SHARES
    आउटरिचले चीनमा दुई वटा काँस्य पदक जित्यो

    काठमाण्डौ । चीनमा सम्पन्न भएको ईसीआई अवार्ड २०२२ मा नेपालको तर्फबाट आउटरिचले ‘प्रोडक्ट एण्ड मोडल इन्नोभेसन’ र ‘मार्केटिङ इन्नोभेसन’ गरी २ विधामा काँस्य पुरस्कार जित्न सफल भएको छ।



     

    ग्लोबल ईसीआई अवार्ड २०२२ का विजेताहरुको घोषणा ३० डिसेम्बर, २०२२ मा गरिएको थियो। अवार्ड अन्तर्गतका तीन विधाहरु ‘प्रोडक्ट एण्ड मोडल इन्नोभेसन, मेटाभर्स अप्लिकेसन इन्नोभेसन र मार्केटिङ इन्नोभेसन’ तर्फ स्वर्ण, रजत र काँस्य अवार्ड विजेता देशहरुमा हङकङ, स्वट्जरल्याण्ड, क्यानडा, नेपाल, यूएसए, यूके, साउदी अरेबिया, ब्राजिल, थाइल्याण्ड, ताइपेइ सिटी र अस्ट्रेलिया लगायतका देशहरु रहेका छन्।

     

    समारोहमा ईसीआई अवार्डका प्रेसिडेन्ट लिजुन जिया (डा. ओवेन) ले चीनमा चलिरहेको महामारीको कारण यो पटक सबै सहभागीहरुलाई भौतिक रुपमा उपस्थित गराउन नसकेकोले भर्चुअल माध्यमबाट अवार्डको घोषणा गर्नु परेको बताए।

    ईसीआई अवार्ड (इन्टरनेसन इन्टरप्रेनर, क्रिएटिभ एण्ड इन्नोभेटर्स एसोसिएसन) द्वारा स्थापना गरिएको हो। यो अवार्ड नव प्रवद्र्धनको प्रभावकारितालाई मानक मानेर प्रदान गरिने विश्वस्तरीय अवार्ड हो।


    अर्थ चाैतारी
  • बुधबार, २० पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट