logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • सक्रिय नरहेको सिमकार्ड अरुलाई बेच्न नपाइने

    सक्रिय नरहेको सिमकार्ड अरुलाई बेच्न नपाइने

    949
    SHARES
    सक्रिय नरहेको सिमकार्ड अरुलाई बेच्न नपाइने

    काठमाण्डौ । सर्वोच्च अदालतले सक्रिय नभएको सिमिकार्ड (फोन नम्बर) अरुलाई बेच्न नपाईने आदेश दिएको छ । एक जना व्यक्तिको नाममा जारी भइसकेको सिमकार्ड ‘एक्टिभ’ नभएपनि अरु कसैलाई बेच्न नपाईने भन्दै सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।



     

    सञ्चार र सूचना प्रविधि मन्त्रालयसमेतलाई विपक्षी बनाउँदै सपना भण्डारीले हालेको रिटमा सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो । यसअघिको व्यवस्थाअनुसार कुनै पनि व्यक्तिको नाममा जारी भएको सिमकार्ड ६ महिनासम्म प्रयोगमा नआएमा सो नम्बर खारेज गर्ने र खारेज भएको मितिबाट ६ महिनापछि पुनः वितरण गर्ने व्यवस्था रहेको थियो ।

     

    नेपाल दुरसञ्चार प्राधिकरणबाट जारी भएको निर्देशनअनुसार यसअघि सिमकार्डलाई निश्चित समयपछि पुनः विक्री वितरण गर्ने पाउने व्यवस्था रहेको थियो । तर, सर्वोच्चले भने अन्तरिम आदेश जारी गर्दै दुरसञ्चार प्राधिकरणबाट जारी भएको निर्देशनलाई कार्यान्वयन नगर्न÷नगराउन भन्दै अन्तरिम आदेश दिएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २० पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट