logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • सामसङको ग्यालेक्सी ए०४इ बजारमा, मूल्य कति?

    सामसङको ग्यालेक्सी ए०४इ बजारमा, मूल्य कति?

    676
    SHARES
    सामसङको ग्यालेक्सी ए०४इ बजारमा, मूल्य कति?

    काठमाण्डौ । सामसङले लोकप्रिय ए–सिरिजको सबैभन्दा नयाँ सदस्य ग्यालेक्सी ए०४इ नेपाली बजारमा ल्याएको छ।



    ए–सिरिजको यो पछिल्लो लन्च ग्यालेक्सी ए०४इ एउटा इन्ट्री–लेभल फोन हो। यसमा ३ जीबी र्याम छ र ३२ इन्टर्नल मेमोरीको भेरिएन्टमा आउने कम्पनीको दाबी छ। यसमा थप १टीबी एक्सटर्नल स्टोरेज स्पेस माइक्रो एसडी कार्डद्वारा जोड्न सकिन्छ। तर यो फोनको प्रमुख विशेषता भने यसको डिस्प्ले र क्यामरा रहेको छ। नयाँ ग्यालेक्सी ए०४इको मूल्य १३ हजार ४९९ रुपैयाँ रहेको छ।

     

    ग्यालेक्सी ए०४इमा ३ वटा क्यामेरा समावेश छन्। रेअरमा डुअल क्यामेरा जसमा मेन क्यामेरा १३ एमपी रहेको छ र यसको साथ–दिन २ एम पीको डेप्थ क्यामेरा छ। फ्रन्ट साइडमा ५ एमपी क्यामेरा रहेको छ। ग्यालेक्सी ए०४इको ६.५ इन्च स्क्रिन ७२०X१६०० पिक्सल रेसोलुसनको साथ आउँछ। यसको ५००० एमएएच ब्याट्रीले ४० घण्टासम्म विना कुनै चार्जिङको आवश्यकताको स्क्रिन–टाइम दिने कम्पनीको दाबी छ।


    अर्थ चाैतारी
  • बुधबार, २० पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट