logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • आईएमई लाइफ इन्सोरेन्सको बीमा प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक

    आईएमई लाइफ इन्सोरेन्सको बीमा प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक

    624
    SHARES
    आईएमई लाइफ इन्सोरेन्सको बीमा प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक

    काठमाण्डौ । आइएमई पे र आईएमई लाइफ इन्सोरेन्स कम्पनीबीच एक सम्झौता भएको छ । सम्झौता अनुसार आईएमई लाइफ इन्सोरेन्स कम्पनीका सेवाग्राहीहरूले आइएमई पे वालेटबाट बीमा प्रिमियम भुक्तानी गर्दा रू. १ हजारसम्म क्यासब्याक प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।



     

    सम्झौता आदानप्रदान कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोद मान सिंह बस्नेतले यो सम्झौतासँगै डिजिटल वालेटको माध्यमबाट बीमा प्रिमियम भुक्तानी गर्न ग्राहकहरुलाई प्रोत्साहन मिल्ने बताए । सम्झौता पश्चात आईएमई लाइफ इन्स्योरेन्सका प्रयोगकर्ताहरूले नेपालभरि जहाँबाट पनि सजिलै आइएमई पेबाट प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।


    अर्थ चाैतारी
  • बुधबार, २० पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट