logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • भृकुटीमण्डपमा फुटवेयर औद्योगिक मेला, राष्ट्रपतिबाट उद्घाटन

    भृकुटीमण्डपमा फुटवेयर औद्योगिक मेला, राष्ट्रपतिबाट उद्घाटन

    715
    SHARES
    भृकुटीमण्डपमा फुटवेयर औद्योगिक मेला, राष्ट्रपतिबाट उद्घाटन

    काठमाण्डौ । नेपाली उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यसहित भृकुटीमण्डपमा १७औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेला सुरु भएको छ।



     

    तीन दिनसम्म सञ्चालन हुने मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले आज उद्घाटन गरेकी हुन्। जुत्ता उत्पादक सङ्घ नेपालले आयोजना गरेको मेलामा कुल एक सय ७० स्टल छन्। स्वदेशी तथा विदेशी उत्पादनका जुत्ता प्रदर्शनीमा राखिएको छ। मेला संयोजक सुरज बञ्जाडेका अनुसार मेलामा ४० विदेशी कम्पनी पनि रहनेछन्।

     

    मेला उद्घाटन कार्यक्रममा बोल्दै जुत्ता उत्पादक संघका अध्यक्ष नानीराज घिमिरेले जुत्ताको चोरी पैठारी रोक्न नसकेकोमा दुःख व्यक्त गरे। उनले बजार पनि नपाउने र ब्याजदर बढ्दा अन्तर्राष्ट्रिय बजारमा नेपाली जुत्ताले प्रतिस्पर्धा गर्न नसकेको गुनासो गरे। नेपाली बजारमा नेपाली जुत्ताको बजार हिस्सा ५० देखि ५५ प्रतिशत मात्रै रहेकोमा ७५ प्रतिशत पुर्याउने लक्ष्य राखिएको संघले जनाएको छ।


    अर्थ चाैतारी
  • विहिबार, २१ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट