logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • नेपालकै पहिलो र एक मात्र पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक

    नेपालकै पहिलो र एक मात्र पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक

    1.5K
    SHARES
    नेपालकै पहिलो र एक मात्र पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक

    काठमाण्डौ । इन्टरनेट सेवा प्रदायक सिजीनेटले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत, कम्पनीले १ हजार ४९ रुपैयाँमा नै २५० एमबीपीएस इन्टरनेट, १ हजार १५४ प्रति महिनामा २५० एमबीपीएस र आईपीटीभी प्रदान गर्ने जनाएको हो ।



     

    कम्पनीका अनुसार यो योजनाले कम मूल्यमा उच्च गतिको इन्टरनेट खोज्ने ग्राहकहरूले अब एकमुष्ट रकम नतिरेर मासिक आधारमा भुक्तानी गर्न सक्ने भएकाले ग्राहकले पोष्टपेड प्लानबाट उच्च लाभ लिन सक्ने जनाएको छ । ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै सिजीनेटले यो नयाँ पोस्टपेड योजना ल्याएको हो । ‘पहिले सेवापछि पैसा’ को अवधारणाले सुरु गरिएको यस योजनाले ग्राहकहरूलाई इन्टरनेट प्रयोग गरेपछि भुक्तानी गर्ने विशेष सेवा दिने जनाएको छ ।

     

    ‘यो नियमित प्रिपेड प्लानहरू भन्दा सस्तो छ, जसले मासिक रूपमा भुक्तानी गर्दा पनि वार्षिक प्याकेज बराबरको सेवा सुविधा प्रदान गर्छ । साथै, फिर्ता गरिने गरी रु २,५०० को धरौटी बाहेक ग्राहकले राउटर, ड्रप–वायर र जडान खर्च जस्ता कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन’ कम्पनीले जनाएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २४ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट