logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • माइ पे पनि अब फोन पेको नेटवर्कमा

    माइ पे पनि अब फोन पेको नेटवर्कमा

    702
    SHARES
    माइ पे पनि अब फोन पेको नेटवर्कमा

    काठमाण्डौ । डिजिटल भुक्तानी सेवा प्रदायक संस्था माइ पे अब फोन पेको नेटवर्कमा जोडिएको छ । ८ लाख भन्दा बढी सेवाग्राही भएको माइ पे र फोन पेबीच सहकार्य गर्ने सम्झौता भएसँगै माइ पे विधिवत् रुपमा आजदेखि फोन पेको नेटवर्कमा जोडिएको हो ।



     

    यससँगै अब फोन पे का ११ लाख भन्दा बढी मर्चेन्ट आउटलेटमा माइ पेका सेवाग्राहीले क्युआर मार्फत भुक्तानी गर्न पाउनेछन्। सम्झौता हस्ताक्षर कार्यक्रममा फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले माइ पेलाइ फोन पेको नेटवर्कमा जोड्न पाउँदा खुसी लागेको बताए ।

     

    कार्यक्रम माइ पेका प्रमुख कार्यकारी अधिकृत मनोज महेताले आफ्ना सेवाग्राहीलाई थप सुविधा दिन फोन पेको नेटवर्कमा जोडिएको र यसले सेवाग्राहीलाई थप सुविधा हुने विश्वास व्यक्त गरे ।


    अर्थ चाैतारी
  • मंगलबार, २६ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट