logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • पाँच महिनामा २३ प्रतिशतले बढ्यो रेमिट्यान्स

    पाँच महिनामा २३ प्रतिशतले बढ्यो रेमिट्यान्स

    793
    SHARES
    पाँच महिनामा २३ प्रतिशतले बढ्यो रेमिट्यान्स

    काठमाण्डौ । पछिल्लो समय बैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेपछि रेमिट्यान्स पनि बढेको छ । बैदेशि रोजगारीमा जानेको संख्या बढेसँगै चालु आर्थिक वर्षको ५ महिनामा रेमिट्यान्स पनि २३ प्रतिशत बढेको छ ।



     

     

    नेपाल राष्ट बैंकका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्म ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन गत आर्थिक वर्षको तुलनामा २३ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ६.३ प्रतिशत घटेको थियो ।

     

    यस्तै, अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.१ प्रतिशत वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा ६.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २१.६ प्रतिशतले वृद्धि भई ५ खर्ब ३० अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो ।


    अर्थ चाैतारी
  • आइतबार, १ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट