काठमाण्डाै । नेपाली कथानक चलचित्र ‘सिड्नी’ निर्माण हुने भएको छ । ओमाईगड इन्टरटेन्मेन्ट र आचार्य ब्रदर्सको संयुक्त ब्यानरमा निर्माण हुने यस चलचित्रको आइतबार काठमाण्डौमा एक कार्यक्रमका बिच जानकारी दिइएको छ ।
नेपाली विद्यार्थीहरूको सपनाको ठुलो देश अस्ट्रेलियाको शहर मध्येको एक प्रमुख शहर ‘सिड्नी’ नाममाथि चलचित्र निर्माण हुने भएको हो । नेपालका युवा शक्ति विदेशीनुपर्ने कारण र अस्ट्रेलियामा भोग्नु परेको समस्यामा आधारित रहेर निमार्ण गरिने फिल्मको २० प्रतिशत नेपालमा र ८० प्रतिशत ‘सिड्नी’मा छायाङ्कन हुनेछ र छायाङ्कनमा निस्कनुअघि फिल्मका लागि अन्य कलाकार छनोट गरिने निर्देशक देव कुमार श्रेष्ठले जनकारी दिए ।
चलचित्रको मुख्य भूमिकामा नायिका तथा पूर्व सञ्चारकर्मी रिमा विश्वकर्मा रहने छिन् भने नायकको भूमिकामा सविन श्रेष्ठ अनुबन्धन भएका छन् । चोला बहादुर आचार्य र भीमराज रसाइलीले निमार्ण गर्न लागेको यस चलचित्र आगामी वैशाखबाट हरि बहादुर घलेले छायाङ्कन गर्नेछन् । फिल्मको प्रोडक्सन डिजाइनरमा शंकर पाण्डेले गर्ने छन् ।
कार्यक्रममा सविनले आफू एक्सन भूमिकामा देखिने सङ्केत गरे । उनले भने, ‘हुन त मैले यसअघि पनि धेरै एक्सन फिल्म गरेको छु । तर, यस पटक केही फरक देख्न पाइनेछ । मैले निर्वाह गर्ने भूमिका पनि पृथक् लाग्न सक्छ ।’ त्यस्तै, रिमाले कथावस्तुले आफूलाई फिल्ममा काम गर्न आकर्षित गरेको बताइन् । सविनसँग पहिलो पटक फिल्ममा स्क्रिन शेयर गर्न उनी उत्साहित रहेको प्रतिक्रिया दिएकी छन् । सञ्चारकर्मीको प्रश्नमा केही छुद्र बनेकी रिमाले समग्रमा फिल्म राम्रो बन्ने र युवा पुस्तालाई हलसम्म तान्ने कथावस्तु फिल्ममा भएकाले आफू यसमा अनुबन्धित भएको बताइन् ।
अर्थ चाैतारी ।