logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • उखुको न्यूनतम खरिद मूल्य तोकियो,प्रतिक्विन्टल रु पाँच सय ४० निर्धारण

    उखुको न्यूनतम खरिद मूल्य तोकियो,प्रतिक्विन्टल रु पाँच सय ४० निर्धारण

    702
    SHARES
    उखुको न्यूनतम खरिद मूल्य तोकियो,प्रतिक्विन्टल रु पाँच सय ४० निर्धारण

    काठमाण्डौ। सरकारले चालु आर्थिक वर्ष २०७९–०८० का लागि उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम समर्थन मूल्य तोकेको हो ।



    कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार उखुको उत्पादन लागत, ढुवानी भाडा र मुनाफासमेत गरी कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल रु पाँच सय ४० निर्धारण गरिएको हो । यो मूल्य गत आर्थिक वर्षको भन्दा प्रतिक्विन्टल रु २० ले बढी हो । गत आर्थिक वर्ष सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु पाँच सय २० तोकेको थियो ।

    उखु किसानलाई सरकारले दिने अनुदान भने यथावत् राखिएको छ । “उखु किसानलाई अनुदान दिनेसम्बन्धी कार्यविधि, २०७५ को दफा ३ को उपदफा ३ अनुसार चालु आर्थिक वर्षका लागि सरकारले उखु किसानलाई दिने अनुदान भने यथावत् राखिएको छ ।

    यस वर्ष पनि उखु किसानले प्रतिक्विन्टल रु ७० अनुदानका रूपमा पाउनेछन्”, कृषि मन्त्रालयले विज्ञप्तिमा भनेको छ । सरकारले उपलब्ध गराउने अनुदान रकमसमेत जोड्दा किसानले चालु आर्थिक वर्षका लागि उखु बिक्रीमा न्यूनतम रु छ सय १० पाउनेछन् । rss


    अर्थ चाैतारी
  • विहिबार, ५ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट