logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • नेपाल इलेक्ट्रिक पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनी माघ ६ देखि

    नेपाल इलेक्ट्रिक पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनी माघ ६ देखि

    767
    SHARES
    नेपाल इलेक्ट्रिक पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनी माघ ६ देखि

    काठमाण्डौ । यही माघ ६ देखि माघ ८ सम्म भृकुटीमण्डप प्रदर्शनीस्थलमा ‘नेपाल इलेक्ट्रिक पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनी’ तथा ‘नेपाल फर्मा एन्ड हेल्थ’ प्रदर्शनी हुँदै छ।



     

    यो प्रदर्शनी नेपालको पहिलो, एकमात्र र सबैभन्दा बृहत् अन्तर्राष्ट्रिय उर्जा र विद्युत, औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी हो। प्रदर्शनी मिडिया स्पेस सोलुसन्स (एमएसएस) का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि (इटीएसआईपीएल) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिको संयोजकत्वमा आयोजना हुन लागेको आयोजकले जनाएका छन्।

     

    स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीहरुको स्टल तथा यस क्षेत्रमा कार्यरत व्यवसायी तथा संस्थाहरुको व्यापक सहभागिता रहने उक्त प्रर्दशनीको उद्घाटन उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देनले माघ ६ गते बिहान १०ः३० बजे गर्ने छन्।


    अर्थ चाैतारी
  • शुक्रबार, ६ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट