logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • नगद मार्जिन खारेजीले आर्थिक क्रियाकलाप बढ्छ: समुद्रपार निकासी पैठारी संघ

    नगद मार्जिन खारेजीले आर्थिक क्रियाकलाप बढ्छ: समुद्रपार निकासी पैठारी संघ

    1.3K
    SHARES
    नगद मार्जिन खारेजीले आर्थिक क्रियाकलाप बढ्छ: समुद्रपार निकासी पैठारी संघ

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको आयात एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने नियम खारेज गरेकोमा नेपाल समुद्रपार निकासी पैठारी संघले स्वागत गरेको छ ।



     

    १३ सय वस्तु आयातको लागि एलसी खोल्दा ५० र शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्थाले व्यवसायको लागत बढाइ आर्थिक क्रियाकलाप नै खुम्चाई दिएको संघको भनाइ छ ।

     

    जसको परिणाम स्वरुप सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको भन्दै संघले नगद मार्जिन खारेजीले व्यवसायको लागत घटाउने र आर्थिक क्रियाकलाप बढाउने अपेक्षा गरेको छ । त्यसैगरी आयातको भुक्तानी टिटि, डिडि, डिएपी र डिएएजस्ता माध्यबाट समेत गर्न पाउने प्रावधानले व्यापार सहजीकरण तथा लागत कटौतीमा योगदान गर्ने संघले जनाएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ६ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट