logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • नेपाल-भारत सहकार्यको ७५ वर्ष : ७५ विकास कार्यक्रममा साझेदारीको घोषणा

    नेपाल-भारत सहकार्यको ७५ वर्ष : ७५ विकास कार्यक्रममा साझेदारीको घोषणा

    793
    SHARES
    नेपाल-भारत सहकार्यको ७५ वर्ष : ७५ विकास कार्यक्रममा साझेदारीको घोषणा

    काठमाण्डौ । नेपाल-भारत कूटनैतिक सम्बन्ध तथा विकास साझेदारीको सफलतापूर्वक ७५ वर्ष पूरा भएको छ । सोही अवसरमा सोमबार राजधानीमा नेपालका लागि भारती दूतावासले ‘इन्डिया-नेपाल डेभलपमेन्ट पार्टनसिप कनक्लिभ’ को आयोजना गर्दै ७५ वर्ष, ७५ विकास कार्यक्रमको साझेदारीको घोषणा गरेको छ ।



     

    नेपालसँगको साझेदारीमा मुलुकभित्र भौतिक, पूर्वाधार, यातायात, शिक्षा, स्वास्थ्य, ऊर्जा, खानेपानी तथा संस्कृति, पर्यटन क्षेत्रमा काम गरिरहेको भारतले आर्थिक वर्ष २०२२/२३ मा ७५ वटा प्रोजेक्टमा काम गर्ने जनाएको छ । जसमध्ये ४८ वटा कार्यक्रम भूकम्प पछि मात्रै सम्पन्न गरिएको दूतावासको भनाइ छ ।

     

    भूकम्प लगत्तै एक सय मिलियन अमेरिकी डलर आर्थिक सहयोग गरेको भारत सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा मात्र ११ वटा प्रोजेक्टमा काम गरेको जनाएको छ । उक्त प्रोजेक्ट अन्तरगत ७० वटा विद्यालय तथा पुस्तकालयको र १३२ वटा अस्पताल तथा स्वास्थ्य चौकीको पुनर्निर्माणमा सहयोग गरेको भनाइ छ ।

     

    नेपाल-भारत विकास साझेदारी कार्यक्रम अन्तरगत क्रस बोर्डर ठुला प्रोजेक्टमा समेत काम गरिरहेको उल्लेख गर्दै दूतावासले जयनगर-कुर्था रेल मार्गले दुई देशबीचको सम्बन्ध जोडेको उल्लेख गरेको छ । यस्तै, सोलु कोरिडोर ट्रासमिसन लाइन, दर्जनौं जलविद्युत तथा सडक पूर्वाधारको आयोजनाहरूमा समेत काम गरिरहेको उल्लेख गरेको छ ।

     

    कार्यक्रममा दुई देशबीच थप साझेदारी कार्यक्रमको सम्भावनाको खोजी गरिएकोमा नेपालकारतर्फबाट मुख्य सचिव शंकरदास बैरागीले ठूलो अर्थतन्त्र बोकेको छिमेकीसँग नेपालले बढीभन्दा बढी लाभ लिनुपर्ने बताउँदै दुई देशबीचको लामो सम्बन्धलाई समेत बचाइराख्नुपर्ने बताए । यस्तै, अर्थविद् डा.सोडिम वाग्लेले भारतसँगको दौत्य सम्बन्धलाई कायम राख्दै जलविद्युत उत्पादन र निर्यातसँगै पर्यटन उद्योगबाट लाभ लिनुपर्ने बताए । आईटीको क्षेत्रमा समेत नेपालको प्रचुर सम्भावना रहेको बताउँदै डा।वाग्लेले यसतर्फ पनि नेपालले सोच्नुपर्ने बताए ।


    अर्थ चाैतारी
  • सोमबार, ९ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट