logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • सुनको मुल्य १ लाख ६ हजार ९०० रुपैयाँ कायम

    सुनको मुल्य १ लाख ६ हजार ९०० रुपैयाँ कायम

    689
    SHARES
    सुनको मुल्य १ लाख ६ हजार ९०० रुपैयाँ कायम

    काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ६ हजार ४०० रुपैयाँ कायम भएको छ।



     

    सुनको यो मूल्य नेपाली बजार हालसम्मकै उच्च हो। योसँगै गत माघ १० गते कायम हालसम्मकै उच्च मूल्यको रेकर्ड तोडिएको छ। गत माघ १० प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

     

    हिजो बुधबार भने सुनको भाउ १०० रुपैयाँले ओरालो लागेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ३६५ रुपैयाँमा किनबेच भएको थियो।


    अर्थ चाैतारी
  • विहिबार, १२ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट