logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • साना उद्यमीका समस्या सम्बोधन अत्यावश्यक : महासंघ

    साना उद्यमीका समस्या सम्बोधन अत्यावश्यक : महासंघ

    949
    SHARES
    साना उद्यमीका समस्या सम्बोधन अत्यावश्यक : महासंघ

    काठमाण्डौ । इलामका व्यवसायी प्रेम प्रसाद आचार्यले मूलतः व्यवसायिक कठिनाइका कारण आत्मदाह गर्नुपरेको नेपाल उद्योग वणिज्य महासंघले ठहर गरेको छ।



     

    महासंघले एक विज्ञप्ति प्रकाशित गरी तरलता अभावका कारण सिर्जित समस्या, अस्थीर ब्याजदर, बजारमा उधारो नउठ्ने समस्या, बजार अभाव, प्रविधिको कमी, नीतिगत अस्पष्टता र सरकारी निकायको वेवास्ताका कारण लाखौ लघु, घरेलु, साना एवं मझौला उद्यमी आहत भएका बताएको छ।यिनै व्यवसायिक समस्याका कारण व्यवसायीहरु देहत्याग गर्नुपर्ने अवस्थामा पुग्नु निक्कै दुःखदायी रहेको महासंघको भनाइ छ।

     

    महासंघले ब्याजदर स्थायित्व, उधारो सम्बन्धी ऐन, दामासाही सम्बन्धी ऐन, व्यवसायिक उधारोको बीमा, प्रक्रियागत सहजीकरण, सहज वित्तीय पहुँच, बजार पहुँच विस्तार लगायतका विषयको सम्बोधन गर्न सरकार, नेपाल राष्ट बैंक एवं अन्य सरोकारवालासमक्ष निरन्तर पैरवी गर्दै आइरहेको जनाएको छ। सरकार र केन्द्रीय बैंकबाट यस्ता मागको सुनुवाई हुन नसक्दा दुखद घटनाहरु बढ्दै गैरहेका महासंघको ठहर छ।

     

    महासंघले लघु, घरेलु, साना एवं मझौला उद्यमीका समस्या तत्काल सम्बोधन गर्न नेपाल सरकार, नेपाल राष्ट बैंक र अन्य सरोकारवालाहरुमा जोडदार माग गरेको छ। व्यवसायिक समस्याका कारण कुनै व्यवसायीले अकालमा ज्यान गुमाउनु नपरोस् र व्यवसाय निर्वाध सञ्चालन गर्न सक्ने वातावरण बनाउन सम्पूर्ण सरोकारवालाहरुसँग माग पनि गरेको छ।

     

    महासंघले विज्ञप्तीमा भनेको छ,‘महासंघ आफैले पनि यसै सातामात्रै लघु, घरेलु, साना एवं मझौला उद्यम प्रवद्र्धनका लागि पहिलोपटक राष्ट्रिय सम्मेलन आयोजना गरि सबैको ध्यानाकर्षण गराएको थियो। साथै लघु, घरेलु साना एवं मझौला उद्यमीलाई सहयोग पुर्याउन महासंघमा सहायता केन्द्र स्थापना गरिएको छ। हामी निकट भविष्यमा नै वेबसाइट मार्पmत गुनासो संकलन गरि सम्बन्धित निकायमा पुर्याउने तयारी पनि गरिरहेका छौँ। व्यवसायिक विवाद समाधानका लागि महासंघमा मेलमिलाप केन्द्र पनि स्थापना गरिएको छ।’ महासंघका सदस्य र सदस्य नरहेका सम्पूर्ण उद्यमी व्यवसायीलाई आफ्ना समस्याबारे महासंघलाई जानकारी गरान पनि आग्रह गरिएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १३ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट