logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • शुभम पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    शुभम पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    689
    SHARES
    शुभम पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाण्डौ । शुभम पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ १८ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज माघ २२ गते अन्तिम दिन हो । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी २० करोड रुपैयाँको २० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो ।



     

    कम्पनीले जारी पूँजीको २० प्रतिशत् अर्थात ४ लाख कित्ता सर्वसाधारणलाई र आयोजना प्रभावित क्षेत्रलाई निष्काशन गरी बिक्री नभएको १ लाख ८० हजार ५८० कित्ता सेयर गरी जम्मा ५ लाख ८० हजार ५८० कित्ता सेयर खुला गरेको हो । जसमध्ये १० प्रतिशत् अर्थात ५८ हजार ५८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरिसकेको छ ।

     

    यस्तै, ५ प्रतिशत अर्थात् २९ हजार ३० कित्ता सामूहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । २ प्रतिशत अर्थात् ११ हजार ६१० कित्ता कर्मचारीहरुको लागि र बाँकी ४ लाख ८१ हजार ८८२ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

     

    कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।


    अर्थ चाैतारी
  • आइतबार, २२ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट