logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिपिडब्लु लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री खुला

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिपिडब्लु लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री खुला

    676
    SHARES
    वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिपिडब्लु लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री खुला

    काठमाण्डाै । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (माघ २२ गतेदेखि) वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ।



     

    लघुवित्तले सर्वसाधारणमा निष्काशनका लागि छुट्याइएको शेयरमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गर्न लागेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले लघुवित्तको आईपीओमा माघ २२ गतेदेखि फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन्।

     

    सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

     

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन्।


    अर्थ चाैतारी
  • आइतबार, २२ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट