logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • सुपरमादी हाइड्रोपावरको आईपीओ बाँडफाँट

    सुपरमादी हाइड्रोपावरको आईपीओ बाँडफाँट

    936
    SHARES
    सुपरमादी हाइड्रोपावरको आईपीओ बाँडफाँट

    काठमाण्डौ । सुपरमादी हाइड्रोपावरले आज साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । आईपीओको निष्काशक तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज सेयर बाँडफाँट गरेको हो ।



     

     

    सेयर बाँडफाँटपछि १ लाख ७४ हजार ३०० जना आवेदकले १० कित्ताका दरले आईपीओ पाएका छन् । कम्पनीको आईपीओमा कूल १३ लाख ४ हजार २०८ जनाले आवेदन दिएका थिए । यसमध्ये ५ हजार ५१५ जनाको आवेदन रद्द भएको थिए । आयोजनाले माघ ९ गतेदेखि २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आईपीओ जारी गरेको थियो ।

     

     

    यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई २ लाख १० हजार कित्ता सेयर छुट्याइएको थियो भने सामूहिक लगानी कोषका लागि १ लाख ५ हजार कित्ता सेयर छुट्याइएको थियो । यसका साथै, आयोजना प्रभावित स्थानीयका लागि ४२ हजार कित्ता सेयर छुट्याइएको थियो । बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।


    अर्थ चाैतारी
  • सोमबार, २३ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट