logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • मेन्छियाम हाइड्रोपावरले फागुन १० बाट आईपीओ बिक्री खुला गर्ने

    मेन्छियाम हाइड्रोपावरले फागुन १० बाट आईपीओ बिक्री खुला गर्ने

    585
    SHARES
    मेन्छियाम हाइड्रोपावरले फागुन १० बाट आईपीओ बिक्री खुला गर्ने

    काठमाण्डौ । मेन्छियाम हाइड्रोपावर लिमिटेडले फागुन १० गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्ने भएको छ।



     

    कम्पनीले स्थानीयलाई जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँबराबरको आईपीओ बिक्री गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख ४२ हजार ५८३ कित्ता सेयर जारी गर्नेछ। त्यसमध्ये आयोजना अतिप्रभावित क्षेत्र संखुवासभा जिल्लाका साविकको सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका स्थानीयलाई २ लाख ७१ हजार २९२ कित्ता र संखुवासभा जिल्लाका अन्य क्षेत्रका स्थानीयका लागि २ लाख ७१ हजार २९१ कित्ता सेयर छुट्याइएको छ।

     

     

    यसैगरी कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने १ लाख ८ हजार ५१७ कित्ता आईपीओ बिक्री गर्नेछ। जुन सर्वसाधारण निष्कासन गरिने कुल सेयर संख्याको १० प्रतिशतबराबर हुन आउँछ। स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेकाले भने फागुन २५ गतेसम्म आवेदन दिन पाउनेछन्। स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द पनि छिटोमा फागुन २५ गते र ढिलोमा चैत ९ गते बैंकिङ समयपछि बन्द हुनेछ।

     

    स्थानीयाले आयोजनास्थल, एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यो आईपीओको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।


    अर्थ चाैतारी
  • बुधबार, ३ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट