logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • बेलायतको उच्चस्तरीय टोली भारतीय कम्पनीले निर्माण गर्ने आयोजनाको भ्रमणमा

    बेलायतको उच्चस्तरीय टोली भारतीय कम्पनीले निर्माण गर्ने आयोजनाको भ्रमणमा

    637
    SHARES
    बेलायतको उच्चस्तरीय टोली भारतीय कम्पनीले निर्माण गर्ने आयोजनाको भ्रमणमा

    काठमाण्डौ । नेपाल भ्रमणमा रहेकी बेलायतकी फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट मिनिस्टर अफ स्टेट (इन्डो प्यासिफिक) ऐने–म्यारी ट्रेवेलियनले भारतीय कम्पनीले निर्माण गर्ने अरुण तेस्रो जलविद्युत आयोजनाको भ्रमण गरेकी छिन् । ट्रेवेलियनले सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको जलविद्युत आयोजनाको अवलोकन भ्रमण गरेकी हुन् ।



    उनले परियोजनाको ‘विद्युत् गृह स्थल तथा ट्रान्सफर्मर वे’को अवलोकन गर्दै नेपालले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादनका क्षेत्रमा अभूतपूर्व उपलब्धि हासिल गर्नेतर्फ मुखरित रहेको भन्दै खुसी व्यक्त गरिन् । उनले नेपालले जलविद्युत उत्पादनमा नेपालको तुलनात्मक र प्रतिस्पर्धी लाभको चर्चा गर्दै स्वच्छ र नवीकरणीय ऊर्जाको क्षेत्रीय व्यापारबाट कार्बन उत्सर्जन न्यूनीकरणमा नेपालको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गरिन् ।

     

    अरुण–३ जलविद्युत परियोजना भारतीय विकासकर्ता कम्पनी एसजेभीएनको मुख्य स्वामित्वमा स्थापित एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीमार्फत विकास भइरहेको छ । परियोजनाको उत्पादनतर्फको हालसम्मको भौतिक प्रगति करिब ६१.२ प्रतिशत छ । विकासकर्ता स्वयंले परियोजना विद्युत् गृहदेखि भारतको सीतामढीसम्म ४०० केभी क्षमताको कुल २५३ किमी लामो अन्तरदेशीय प्रसारण लाइन निर्माण गरिरहेको छ । र, सन् २०२३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

    बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अरुण–३ आयोजना नेपालमा ऊर्जा क्षेत्रको विकासमा महत्त्वपूर्ण कोशेढुंगा रहेको उल्लेख गरे । त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले नेपालमा निर्माणाधीन र निर्माणका लागि गृहकार्य अघि बढाइएका ठुला जलविद्युत परियोजनाहरूले यस क्षेत्रको विद्युतको माग सम्बोधनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उच्चस्तरीय भ्रमण टोलीलाई एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले स्वागत गरेका थिए ।


    अर्थ चाैतारी
  • विहिबार, २५ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट