logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • उद्योग महासंघको निर्वाचन तालिका : २१ गते मनोनयन दर्ता, प्रज्ञा प्रतिष्ठानमा चुनाव

    उद्योग महासंघको निर्वाचन तालिका : २१ गते मनोनयन दर्ता, प्रज्ञा प्रतिष्ठानमा चुनाव

    1.4K
    SHARES
    उद्योग महासंघको निर्वाचन तालिका : २१ गते मनोनयन दर्ता, प्रज्ञा प्रतिष्ठानमा चुनाव

    काठमाण्डौ । नेपाल उद्योग वणिज्य महासंघका साधारण सभा तथा निर्वाचन कार्यतालिका महासंघ सदस्यहरुलाई उपलब्ध गराइएको छ। यसअनुसार चैत २८ र २९ गते साधारणसभा र निर्वाचन सम्पन्न गराइनेछ। ३ वर्षे कार्यकाल रहने महासंघमा यो वर्षको साधारणसभाले नेतृत्व परिवर्तन गर्दै छ।



    साधारणसभा चैत २८ गते याक एण्ड यति होटलमा हुनेछ। र निर्वाचन भने चैत २९ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ। वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र कार्यकारिणी सदस्यहरुको निर्वाचन हुनेछ। साधारणसभाको उद्घाटन एक एण्ड यति होटलमा हुनेछ। विधान संशोधनको कार्यक्रम समेत छ। उक्त संशोधनको प्रक्रिया समेत उक्त होटलमा हुनेछ। चैत २९ गते निर्वाचनको कार्यतालिका छ।

    निर्वाचन भने नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। तर निर्वाचन उम्मेदवार बन्न २१ गते ५ बजेसम्म उम्मेदवारी मनोनयन गर्नुपर्ने महासंघले जानकारी गराएको छ। उम्मेदवारी शुल्कसहित मनोनयन पत्र र प्रतिनिधिपत्र साधारणसभा हुनुभन्दा ७ दिनपहिले दर्ता गराइसक्नुपर्ने विधानको व्यवस्थाअनुसार चैत २१ गते मनोनयन दर्ता गर्नुपर्नेछ। अनलाइन माध्यमबाट समेत दर्ता गराउन सकिनेछ। त्यसको ३ दिनभित्र सक्कल कागजात उपलब्ध गराइनुपर्ने जनाएको छ।

    महासंघले काठमाडौं मनोनयन दर्ताको लागि वरिष्ठ उपाध्यक्षको लागि ५ लाख उपाध्यक्षको लागि ३ लाख र कार्यकारिणी सदस्यको लागि ७५ हजार रुपैयाँ निर्धारण गरेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २६ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट