logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • एक्साइडको नयाँ मोटरसाइकल ब्याट्री नेपाली बजारमा

    एक्साइडको नयाँ मोटरसाइकल ब्याट्री नेपाली बजारमा

    637
    SHARES
    एक्साइडको नयाँ मोटरसाइकल ब्याट्री नेपाली बजारमा

    काठमाण्डौ । विश्व प्रसिद्ध एक्साइड ब्रान्डको एक्सप्लोर नामक नँया ब्याट्री नेपाली बजारमा सार्वजनिक गरिएको छ।



    सबै प्रकारका मोटरसाइकलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङ प्रालिले यसको बिक्री–वितरण आरम्भ गरेको हो। नेपालको सडक एवं हावापानी सुहाउँदो एक्सप्लोर ब्याट्री विशिष्ठ गुणहरु एवं विशेषताहरुले सम्पन्न भएको बताइन्छ।

    कम्पनीका अनुसार स्पिल प्र्रुफ डिजाइन गार्ड, ग्यास रिकम्बीनेसन प्रणाली, एवं लिड क्याल्सियम प्रविधिजस्ता अत्याधुनिक विशेषताहरु भएको यस ब्याट्रीमा पानी कहिल्यै थप्नुपर्दैन। फ्याक्ट्रीबाट नै चार्ज भएर आउने एक्सप्लोरको डब्बामा पोली प्रोपिलिन प्लास्टिक र सिन्थेटिक रेजिनको प्रयोग पनि गरिएको छ।

     

    यसैगरी ४८ महिना लामो वारेन्टी भएको यस ब्याट्रीले यसको प्रयोगकर्तालाई मर्मतसम्भारको झन्झटलाई टाढा राख्ने कम्पनीले जनाएको छ। एक्साइड ब्रान्डको नेपालस्थित एकमात्र बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि यस एक्सप्लोर ब्याट्रीले चाँडै धेरैभन्दा धेरै ग्राहकको पहिलो रोजाइ बनी बजारको उल्लेखनीय हिस्सा ओगट्नेमा विश्वस्त छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २६ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट