काठमाण्डाै । लगातार चार साताको गिरावटपछि भारतको विदेशी मुद्रा सञ्चितिमा वृद्धि भएको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार, फेब्रुअरी २४ मा समाप्त भएको सातामा विदेशी मुद्रा सञ्चिति १.४६ अर्ब डलरले बढेर ५६२.४ अर्ब डलर पुगेको हो ।
अघिल्लो चार हप्तामा विदेशी मुद्रा सञ्चितिमा १५.८ अर्ब डलरको गिरावट आएको थियो । रिजर्व बैंक अफ इन्डियाको तथ्यांकअनुसार फेब्रुअरी २४ अघिको सातामा ३२ करोड ५० लाख डलरले विदेशी मुद्रा सञ्चिति घटेको थियो भने अघिल्लो साता ५ अर्ब ६८ करोड डलरले घटेको थियो ।
फेब्रुअरी १० मा समाप्त भएको हप्तामा सबैभन्दा खराब गिरावट रिपोर्ट गरिएको थियो। त्यो साता भारतको विदेशी मुद्रा सञ्चिति ८.३२ अर्ब डलरले घटेर ५६६.९५ अर्ब डलर पुगेको थियो ।
अर्थ चाैतारी ।