logo

२०८३ जेष्ठ ५, मंगलबार

logo
  • २०८३ जेष्ठ ५, मंगलबार
  • ‘ट्री अफ द इयर नेपाल २०२२’को विजेतामा सिग्देल र उप-विजेता बने पाण्डे

    ‘ट्री अफ द इयर नेपाल २०२२’को विजेतामा सिग्देल र उप-विजेता बने पाण्डे

    2.1K
    SHARES
    ‘ट्री अफ द इयर नेपाल २०२२’को विजेतामा सिग्देल र उप-विजेता बने पाण्डे

    काठमाण्डौ । अनुसन्धान तथा दिगो विकास केन्द्र नेपालले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘ट्री अफ द इयर नेपाल २०२२’को विजेता अस्मिता सिग्देल बनेकी छिन् । उनले एक लाख रुपैयाँ नगद हात पारेकी हुन् । सोमबार राजधानीमा भएको एक कार्यक्रममा विजेताको घोषणा गरिएको हो ।



    त्यस्तै, दोस्रो नवराज पाण्डे भएका छन् । उनले नगद ६० हजार रुपैयाँ हात पारेका छन् भने तेस्रो श्रेयसि विष्ट भएकी छिन् । उनले पनि ४० हजार रुपैयाँ पुरस्कार पाएकी छिन् ।  ट्री अफ द एअर नेपाल, एशियन ट्री अफ द एअर संँग आवद्घ भै रुखको विशेषता, यसको महत्व र संरक्षण गर्ने उदेश्यले जनमानिसमा चेतना र जागरुकता फैलाउने काम गर्दै आएको छ ।

     

    ‘ट्री अफ द इयर नेपाल २०२२’को निर्णायकमा डा. संगिता भण्डारी, चुङबा शेर्पा र रञ्जित आचार्य रहेका थिए । जसको बैङ्किङ पार्टनरमा माछापुच्छ्रे बैंक रहेको थियो। रूखको पहिचानसँगै संरक्षण गर्ने उद्देश्यले यस्तो कार्यक्रम मनाउँदै आएको क्रियसन नेपालका अध्यक्ष आनन्द मिश्रले बताए । कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले भने, ‘हामीले यो कार्यक्रम विगत ६ वर्षदेखि मनाउँदै आएका छौं । हामी एक अर्कामा जोडिनका लागि यस्तो कार्यक्रम मनाउनु पर्छ भनेर शुरु गरिएको थियो । त्यही सोचलाई आज पनि निरन्तरता दिइरहेका छौँ । रूखको महत्त्व बुझाउने यस्ता कार्यक्रम निरन्तर गर्दै जानु पर्छ ।’

    प्रतियोगिताको निर्णायक तथा प्रिज्मा एड्भरटाइजिङका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० रञ्जित आचार्यले रुख जोगाउने अभियान राष्ट्रियस्तरमा नै हुनुपर्ने बताए । उनले भने, ‘अहिलेले युवापुस्ताहरू वाइफाइको टावर गयो भने सास फेर्न नै गाह्रो भएझैँ गर्छन् । तर, यदि रुखले अक्सिजन दिन छाड्यो भने के हुन्छ भनेर त्यो सोचका हुँदैनन् । त्यसैले रुख जोगाउने अभियान राष्ट्रियस्तरमा नै हुनुपर्छ ।’

     

    कार्यक्रममा माछापुच्छ्रे बैंकका चिफ बिजनेस अफिसर टिका भट्टराईले माछापुच्छ्रे बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू गर्दै आएको बताए । उनले भने, ‘हाम्रो बैंकले आफ्नो नाफा अन्तगर्तको केही हिस्सा सामाजिक उत्तरदायित्व क्षेत्रमा खर्च गर्दै आएको छ । अन्य क्षेत्रमा पनि हाम्रो बैंकले विभिन्न सहयोग गर्दै आएको छ ।’


    अर्थ चाैतारी
  • सोमबार, १३ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट