logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • सिभिल लघुवित्तद्वारा पीडितको ऋण मिनाहा र बीमा दाबी रकम भुक्तानी

    सिभिल लघुवित्तद्वारा पीडितको ऋण मिनाहा र बीमा दाबी रकम भुक्तानी

    611
    SHARES
    सिभिल लघुवित्तद्वारा पीडितको ऋण मिनाहा र बीमा दाबी रकम भुक्तानी

    काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कनकपुर रौतहटले बीमा दाबी रकम भुक्तानी गरेको छ।   संस्थाले रौतहट जिल्लाको गुजरा नपा–५ इस्लामपुर टोलमा रहेको केन्द्र नं. ८९ की सदस्य मोमिना खातुनको पति शेख सफरुदिनको मृत्युपश्चात निज सदस्यलाई बीमाको क्षतिपूर्ति रकम उपलब्ध गराएको हो।



     

    सदस्य मोमिना खातुनले संस्थाबाट रु.७५ हजार कर्जा लिएकोमा सदस्यका श्रीमानको मृत्युपश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरी कर्जा बीमाअन्तर्गत श्रीमानको मृत्यु पश्चात दिइने काजकिरिया खर्च रु. २२ हजार ५०० तथा तिरेको किस्ता रकम रु.४० हजार ५०० समेत फिर्ता गरी जम्मा रकम रु.६३ हजार निज सदस्यलाई एकमुष्ट भुक्तानी गरिएको संस्थाका शाखा प्रबन्धक कुन्दनप्रसाद कुशवाहाले जानकारी दिए।

     

    संस्थाले आफ्ना ग्राहक सदस्यको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालीन अवस्थामा सहयोग पुर्याउने उद्देश्यअनुरुप आवश्यकताअनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ। दुःखको समयमा संस्थाले सहयोगस्वरुप रकम उपलब्ध गराइदिएको भन्दै केन्द्रका सम्पूर्ण सदस्यहरुले संस्थालाई धन्यवाद दिए। उक्त रकम प्रदान कार्यक्रममा शाखाका तर्फबाट शाखा प्रबन्धक कुन्दनप्रसाद कुशवाहा तथा कर्मचारी र सो केन्द्रका केन्द्र सञ्चालक मनोजप्रसाद कुशवाहाको उपस्थिति थियो भने केन्द्रका सदस्यहरुको उपस्थिति पनि थियो।


    अर्थ चाैतारी
  • बुधबार, १५ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट