logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • कैलालीको बलियामा किसान लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

    कैलालीको बलियामा किसान लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

    650
    SHARES
    कैलालीको बलियामा किसान लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

    काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको कैलालीस्थित बलिया शाखाले शनिबार केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वित्तीय संस्थाका २१० वटा केन्द्रहरुका केन्द्र प्रमुख तथा सदस्यहरुले सहभागी जनाएका थिए।



     

    कार्यक्रममा संस्थाका सेयर सदस्य तथा लम्की चुहा नपाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि सुशिला शाही, लम्की चुहा–१ का वडा अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि नेत्रप्रसाद खनाल, केन्द्रीय कार्यालयका तर्फबाट कर्जा असुली तथा जोखिम व्यवस्थापन प्रमुख टीकाराम उपाध्याय, क्षेत्रीय प्रमुख प्रेमबहादुर थापाको उपस्थिति थियो।

     

    कार्यक्रममा वित्तीय साक्षरतासम्बन्धी विभिन्न भिडियो सामग्री, प्रस्तुतीकरण तथा छलफल गरिएको थियो। ग्राहक सदस्यहरुले वित्तीय संस्थाको सेवासुविधाहरुका बारेमा आफ्ना धारणा तथा जिज्ञासाहरु राखेका थिए।


    अर्थ चाैतारी
  • सोमबार, २० चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट