logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • सूर्याेदय वोमी लघुवित्तले डाक्यो साधारण सभा, लाभांश र सेयर सरंचना परिवर्तन मुख्य एजेण्डा

    सूर्याेदय वोमी लघुवित्तले डाक्यो साधारण सभा, लाभांश र सेयर सरंचना परिवर्तन मुख्य एजेण्डा

    650
    SHARES
    सूर्याेदय वोमी लघुवित्तले डाक्यो साधारण सभा, लाभांश र सेयर सरंचना परिवर्तन मुख्य एजेण्डा

    काठमाण्डौ । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाले ११औं वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सञ्चालक समितीको चैत १८ गते बसेको बैठकले २०८० बैशाख ३० गते धुलिखेल काभ्रेमा बिहान ९ बजे साधारण सभा बोलाएको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।



     

    यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असारसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

     

    यस्तै, लघुवित्तको सञ्चालकमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ । लघुवित्तको कर्पाेरेट कार्यालयको ठेगाना बागमती प्रदेश ललितपुर महालक्ष्मी नगरपालिका ४ कायम गर्ने गरी प्रबन्धपत्र र नियमावली संशोधन गर्नेछ ।

     

    यस्तै, लघुवित्तले पूँजी संरचना परिवतर्न गरी संस्थापक सेयरको हिस्सा ७०.३६ प्रतिशत र सर्वसाधारण समूहको सेयर स्वामित्व २९.६४ प्रतिशत रहेकोले सर्वसाधारणको हिस्सा बढाएर ३० प्रतिशत पुर्याउने र ५१ प्रतिशत संस्थापक सेयरधनीको स्वामित्व र ४९ प्रतिशत सर्वसाधारण समूहको सेयर स्वामित्व हुने गरी पूँजी संरचना परिवर्तन गर्नेछ ।

     

    साथै, सभाले मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तिायरी प्रदान गर्ने र लघुवित्तको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ २०८० बैशाख १४ गतेदेखि बैशाख ३०२८ गतसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले बैशाख १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


    अर्थ चाैतारी
  • सोमबार, २० चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट