logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • वास्तविक कारोबार अंक फरक परेका ‘मिसम्याच’ करदातालाई छुट सुविधा

    वास्तविक कारोबार अंक फरक परेका ‘मिसम्याच’ करदातालाई छुट सुविधा

    1.5K
    SHARES
    वास्तविक कारोबार अंक फरक परेका ‘मिसम्याच’ करदातालाई छुट सुविधा

    काठमाण्डौ । विगत आय वर्षमा पूर्वअनुमानित आय विवरण तथा दाखिला गरेको करको अंक फरक परेका (मिसम्याच) करदाताले यही चैत मसान्तभित्र छुट सुविधा लिन सक्ने भएका छन्।



     

    आन्तरिक राजस्व विभागले एक सूचना प्रकाशित गर्दै आव २०७७–७८ सम्म आफ्नो कारोबार घोषणा गर्दा वास्तविक कारोबार अंक फरक परेको अवस्थामा २०७९ चैत मसान्तसम्म प्रत्येक आर्थिक वर्षको वास्तविक कारोबार घोषणा गरी फरक परेको बिक्री रकमको १.५ प्रतिशतमात्र कर दाखिला गरेमा घोषणा गरेकै कर अन्तिम हुने गरी छुट दिइने जनाएको हो। यो छुट आर्थिक ऐन, २०७९को दफा २९ ले गरेको विभागले स्पष्ट पारेको छ।

    यो छुट यही चैत मसान्तसम्म मात्र पाइने सूचनामा उल्लेख छ। यो छुट सुविधा आव २०७७–७८ सम्मको मिसम्याच रकमको खरीद बिक्रीमा कर निर्धारण भई बक्यौता रहेको तथा मुद्दामा गएको अवस्थामा समेत प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ।


    अर्थ चाैतारी
  • विहिबार, २३ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट