logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नायिका प्रियंका कार्की अनुबन्धित

    बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नायिका प्रियंका कार्की अनुबन्धित

    715
    SHARES
    बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नायिका प्रियंका कार्की अनुबन्धित

    काठमाण्डौ । बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नायिका प्रियंका कार्की अनुबन्धित भएकी छिन्। बिहीबार राजधानीको टेकुस्थित अम्बे कम्प्लेक्स टेकुमा रहेको इन वान कम्पनीकै कार्यालयमा कम्पनीका सेल्स एन्ड मार्केटिङ मेनेजर शंकर मैनाली र नायिका कार्कीले औपचारिक रूपमा ब्रान्ड एम्बेस्डर अनुबन्ध भएको सम्झौतामा हस्ताक्षर गरेका हुन्।



    उक्त कम्पनीको बेन्को ब्रान्डको फोनलाई विगत ५ वर्षदेखि नेपालस्थित अम्बे मोबाइल्सले बिक्रीवितरण गर्दै आइरहेको छ। बेन्को ब्रान्ड बजारको प्रतिस्पर्धी ब्रान्डमध्ये धेरै फिचर भएको सुपथ मूल्यमा उपलब्ध ब्रान्ड भएको कम्पनीको दाबी छ।

     

    नायिका कार्की १ वर्षलाई अनुबन्धित भएसँगै फोनको सेल्स बढ्ने अपेक्षा कम्पनी रहेको जारी विज्ञप्तिमा जनाइएको छ। नायिका कार्कीलाई नै अनुबन्ध गर्नुपरेको जिज्ञासामा छिट्टै कम्पनीले आफ्नो फ्ल्यागशिप स्मार्ट फोन मोडल बेन्को एस वान लन्च गर्न लागेको बताएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २४ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट