logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • गभर्नर अधिकारीलाई निर्माण व्यवसायीहरूको ज्ञापनपत्र

    गभर्नर अधिकारीलाई निर्माण व्यवसायीहरूको ज्ञापनपत्र

    1.4K
    SHARES
    गभर्नर अधिकारीलाई निर्माण व्यवसायीहरूको ज्ञापनपत्र

    काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई व्यवसायीहरूको समस्या समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डले गभर्नर अधिकारीसँग निर्माण व्यवसायीहरूलाई भुक्तानी नदिँदा समस्या गरेका हुन् ।



     

    निर्माण व्यवसायीहरूको समस्या समाधानका लागि बैंकहरू लचिलो नभए समस्या अझ विकराल हुन सक्ने अध्यक्ष सिंहले बताए । क्रेडिट रेटिङ, ब्याज दर समायोजन, ठेक्का कर्जा, चालु पुँजी कर्जा सम्बन्धी मार्गनिर्देशन, चेक बाउन्स, कालोसूची, पुर्नकर्जा लगायतका विषयमा गभर्नर अधिकारीको ध्यानाकर्षण गराउँदै अध्यक्ष सिंहले समस्या समाधानको लागि सम्बन्धित निकायहरूमा आवश्यक निर्देशन गरिदिन अनुरोध गरे ।

     

    महासंघले उपलब्ध गराएको निर्माण उद्योगसँग सम्बन्धित बैंंकिङ क्षेत्रको समस्याका बारेमा राष्ट्र बैंकले गहन अध्ययन गरी जायज माग सम्बोधन गरिने प्रतिबद्धता पनि गभर्नर अधिकारीले व्यक्त गरे । महासंघ अध्यक्ष रवि सिंहले व्यवसायीहरूको ठुलो रकम राज्यले निकासा नगर्दा ‘सप्लाई चेन’ मै गम्भीर समस्या आएको जानकारी गभर्नर अधिकारीलाई दिए ।


    अर्थ चाैतारी
  • मंगलबार, २८ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट