logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • लघुवित्तविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा, वैशाख ५ गतेबाट आमरण अनसन बस्ने

    लघुवित्तविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा, वैशाख ५ गतेबाट आमरण अनसन बस्ने

    702
    SHARES
    लघुवित्तविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा, वैशाख ५ गतेबाट आमरण अनसन बस्ने

    काठमाण्डौ । डेढ वर्षदेखि आन्दोलनरत लघुवित्त पीडितहरुले सरकारसँग न्यायको भाग गरेका छन्। उनीहरुले ५८ लाख दिदीबहिनी ‘मर्नु न बाँच्नु’ भएको बताएका छन्।



     

    राजधानीको संवाद डबलीमा मंगलबार पत्रकार सम्मेलन गरी लघुवित्त पीडितहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्। ‘सरकार कि हामीहरुलाई मुक्ति देउ कि गोली हानिदेऊ’ भन्दै उनीहरुले थप संघर्षका कार्यक्रम घोषणा गरेका हुन्। कार्यक्रममा लुघुवित्तय संस्थाविरुद्धको संघर्ष समितिले अध्यक्ष मनिराम ज्ञावालीको नेतृत्वमा वैशाख ५ गतेदेखि आमरण अनसनको घोषणा गरेको छ। त्यस्तै, देशव्यापी रुपमा संघर्षलाई थप आक्रामक गर्ने उद्घोष गरिएका छन्।

     

    चैत २१ देखि माइतीघर मण्डलामा अनसनरत पीडितहरुले लघुवित्तले आफूहरुलाई मर्नु न बाँच्नुको अवस्थामा पुर्याएको बताए। उनीहरुले आफूहरु घरमा बस्ने नसक्ने अवस्था सिर्जना भएको बताएका छन्।

    यस्ता छन् थप संघर्षका कार्यक्रम

    • चैत २९ गतेदेखि वैशाख २ गतेसम्म वडा र स्थानीय तहहरुमा व्यापक विरोध प्रदर्शनका साथै ज्यादतीका विरुद्ध प्रतिरोध गर्ने।
    • २०८० साल वैशाख ३ र ४ गते राष्ट्रिय लोकमार्गहरुमा सडक बिस्तारमा सुत्ने।
    • वैशाख ५ गते अध्यक्ष मनिराम ज्ञवालीको नेतृत्वमा आमरण अनसन बस्ने।
    • पीडितलाई स्वतरुफूर्त रुपमा आमरण अनसन बस्ने लागि आह्वान गर्ने।
    • माग पूरा नभए वडा, स्थानीय तहहुँदै केन्द्रसम्म आन्दोलन सशक्त बनाउने।


    अर्थ चाैतारी
  • मंगलबार, २८ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट