logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • किसान लघुवित्तले एफपीओ जारी गर्ने, ७.३६८४२ प्रतिशत लाभांश पारित

    किसान लघुवित्तले एफपीओ जारी गर्ने, ७.३६८४२ प्रतिशत लाभांश पारित

    819
    SHARES
    किसान लघुवित्तले एफपीओ जारी गर्ने, ७.३६८४२ प्रतिशत लाभांश पारित

    काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । -याकेट इभेन्टस, बुढानिलकण्ठ, काठमाण्डौमा सम्पन्न भएको सो सभाले प्रस्तावित ७ प्रतिशत बोनश शेयर र सोबापत लाग्ने कर प्रयोजनको लागि ०.३६८४२ प्रतिशत नगद लाभांश गरेर कुल ७.३६८४२ प्रतिशत लाभांश पारित गरेको छ । बोनश शेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी रु.५० करोड ४३ लाख ६६ हजार ४६७ पुग्ने कम्पनीका अध्यक्ष लोकराज शर्माले बताए ।



     

    कम्पनीको साधारण सभाले आ.व. ०७८/०७९ को संचालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, २०७९ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अनुसूचीहरु, आ. व. ०७८/०७९ का लागि लेखापरिक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

     

    कम्पनीको चौथो वार्षिक साधारण सभाले हाल कायम रहेको संस्थापक तथा सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्वमा संशोधन गर्ने निर्णय गर्दै थप सार्वजनिक शेयर(एफपीओ) निष्काशन गर्ने प्रस्तावलाई समेत सभाले सर्वसम्मतिले पारित गरेको छ । बोनश शेयर र थप सार्वजनिक निष्कासन पश्चात कम्पनीको चुक्तापुँजी करिब रु.६४ करोड २३ लाख पुग्ने देखिन्छ ।

     

    सो सभाले अन्य लघुवित्तसँग एक आपसमा गाभ्ने गाभिने कार्यका लागि बाटो खुला गर्न गाभ्ने गाभिने प्रस्तावलाई पनि पारित गरेको छ । धनगढी, कैलालीमा केन्द्रीय कार्यालय रहेको किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्पोट कार्यालय, बुढानिलकण्ठ, काठमाडौमा रहेको छ । हाल कम्पनीले १३७ वटा शाखा मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २९ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट