logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • महिन्द्राले नेपालमा सार्वजनिक गर्‍यो ‘एक्सयूभी ३००’, सुरूवाती मूल्य ४२ लाख ९५ हजार

    महिन्द्राले नेपालमा सार्वजनिक गर्‍यो ‘एक्सयूभी ३००’, सुरूवाती मूल्य ४२ लाख ९५ हजार

    1.4K
    SHARES
    महिन्द्राले नेपालमा सार्वजनिक गर्‍यो ‘एक्सयूभी ३००’, सुरूवाती मूल्य ४२ लाख ९५ हजार

    काठमाण्डौ । महिन्द्राले नेपालमा एक्सयूभी ३०० सार्वजनिक गरेकाे छ। लाजिम्पाटस्थित आफ्नै शाेरूममा कम्पनीले एसयूभी सेगमेन्ट सार्वजनिक गरेकाे हाे। महिन्द्राका कार्यकारी निर्देशक अर्जुन शर्माले नेपालमा छिट्टै ल्याउन चाहे पनि ६ महिना बढी समय लागेकाे बताए।



     

    उनले भारतमा ६ महिनाअघि नै सार्वजनिक गरे पनि अत्यधिक माग हुँदा ढिला भएकाे बताए। महिन्द्राका डेप्युटी सेल्स डाइरेक्टर वरदान बस्नेतले यसको सुरूवाती मूल्य ४२ लाख ९५ हजार रूपैयाँ रहेकाे जानकारी दिए। उनका अनुसार कम्पनीले यसको अधिकतम मूल्य ६० लाख रूपैयाँ ताेकेकाे छ।

     

     

    बस्नेतले अटाेबजारमा देखिएकाे सुस्ततालाई हटाई चलायमान बनाउन यसबाट सहयाेग पुग्ने बताए। महिन्द्रा एक्सयूभी ३०० काे इन्जिन १.२ लिटरमा उपलब्ध छ। ग्लाेबल एनक्यापकाे टेष्टमा यसले ५ स्टार सेफ्टी रेटिङ पाएकाे छ। केही समयअघि मात्रै महिन्द्राले एक्सयूभी ७०० नेपालमा सार्वजनिक गरेकाे थियाे।


    अर्थ चाैतारी
  • बुधबार, ६ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट