logo

२०८३ साउन ५, मंगलबार

logo
  • २०८३ साउन ५, मंगलबार
  • सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    221
    SHARES
    सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो।

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ र प्रति १० ग्राम २ लाख ४४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँ तथा प्रति १० ग्राम २ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ३ सय ७० रुपैयाँ र प्रति १० ग्राम ३ हजार ७ सय ४७ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो।

    अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तनका आधारमा नेपाली बजारमा सुन–चाँदीको दैनिक कारोबार मूल्य निर्धारण हुँदै आएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, ५ साउन २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट