logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • कोभिड विश्वव्यापी स्वास्थ्य आपत्काल समाप्त भएको डब्लूएचओको घोषणा

    कोभिड विश्वव्यापी स्वास्थ्य आपत्काल समाप्त भएको डब्लूएचओको घोषणा

    637
    SHARES
    कोभिड विश्वव्यापी स्वास्थ्य आपत्काल समाप्त भएको डब्लूएचओको घोषणा

    न्युयोर्क । कोभिड-१९ अब ‘विश्वव्यापी स्वास्थ्य आपत्काल’ नरहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ ) ले घोषणा गरेको छ । यो भनाईलाई महामारीको अन्त्य गर्ने दिशामा एक प्रमुख कदम मानिएको छ । यो भाइरसबारे पहिलो पटक तीन वर्षअघि उच्चतम स्तरको सतर्कता घोषणा गरिएको थियो।



     

    अधिकारीहरूले भाइरसको मृत्यु दर जनवरी २०२१ मा सबैभन्दा उच्च प्रति हप्ता १ लाखभन्दा बढी रहेकोमा गत २४ अप्रिलमा ३,५०० मा मात्र झरेको थियो। डब्ल्यूएचओका प्रमुखले महामारीमा कम्तीमा ७० लाख मानिसको ज्यान गएको बताए । यद्यपि डा. टेड्रोस अधानोम गेब्रेयससले मृत्यु हुनेको वास्तविक तथ्याङ्क, आधिकारिक अनुमानको झन्डै तीन गुणा बढी, ‘सम्भवतः’ २ करोड नजिक रहेको पनि सँगसँगै जिकिर गरे ।

     

    उनले भाइरस अझै एक महत्त्वपूर्ण खतरा रहेको चेतावनी पनि दिए। ‘हिजो आपत्कालीन समितिको १५ औँ बैठकले मलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपत्कालको अन्त्यको घोषणा गर्न सिफारिस गर्‍यो। मैले त्यो सल्लाह स्वीकार गरेको छु। त्यसैले यो ठुलो आशाका साथ म कोभिड-१९ विश्वव्यापी स्वास्थ्य आपत्कालका रूपमा अन्त्य भएको घोषणा गर्छु,’ डा टेड्रोसले भने।

     

    उनले केही समयदेखि तथ्याङ्कको विश्लेषणका आधारमा सावधानीपूर्वक विचार गरी यो निर्णय गरेको बताए । तर उनले चेतावनी दिए कि उच्च स्तरको सतर्कता हटाउनुको मतलब खतरा समाप्त भएको होइन । यदि स्थिति परिवर्तन भयो भने आपत्कालीन स्थिति पुनर्स्थापित गर्न सकिनेछ।


    अर्थ चाैतारी
  • शुक्रबार, २२ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट