logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • एनआईबिएल सहभागिता फन्डमा एच मेडिकल एन्ड डायग्नोस्टिकका कर्मचारीले लगानी गर्ने

    एनआईबिएल सहभागिता फन्डमा एच मेडिकल एन्ड डायग्नोस्टिकका कर्मचारीले लगानी गर्ने

    585
    SHARES
    एनआईबिएल सहभागिता फन्डमा एच मेडिकल एन्ड डायग्नोस्टिकका कर्मचारीले लगानी गर्ने

    काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फन्डमा एच मेडिकल एन्ड डायग्नोस्टिक प्रालिका कर्मचारीहरुले ‘कर्पोरेट पेरोल एसआईपी’मार्फत लगानी गर्ने भएका छन्।



    यससम्बन्धमा एच मेडिकल र योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलबीच सम्झौता भएको छ। सम्झौतापत्रमा एच मेडिकल तर्फबाट प्रमुख सञ्चालन अधिकृत मदन अर्याल र एनआईबीएल एस क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।

    सम्झौताबमोजिम एच मेडिकलका कर्मचारीहरुले एनआईबिएल सहभागिता फन्डमा व्यवस्थित लगानी योजना (एसआईपी)मार्फत लगानी गर्न सक्नेछन्। उनीहरुले इच्छाअनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबिएल सहभागिता फन्डमा लगानी गर्न सक्नेछन्।

    यो योजनाको कोष प्रवर्द्धकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (साविकको नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड) रहेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २६ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट