logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • बाल अस्पताल निर्माण गर्न हिमालयन बैंकद्वारा २० लाख सहयोग

    बाल अस्पताल निर्माण गर्न हिमालयन बैंकद्वारा २० लाख सहयोग

    572
    SHARES
    बाल अस्पताल निर्माण गर्न हिमालयन बैंकद्वारा २० लाख सहयोग

    काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौको बूढानीलकण्ठस्थित काठमाण्डौ इन्सटिच्यूट अफ चाइल्ड हेल्थलाई आर्थिक् सहयोग गरेको छ । बैंकले काठमाण्डौमा बाल अस्पताल निर्माण गर्ने प्रयोजनका लागि बीस लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।



     

    सन् २०१७ सालमा स्थापना भएको काठमाण्डौ इन्सटिच्यूट अफ चाइल्ड हेल्थ, एक गैर नाफा मुलक संस्थाका रुपमा सबैका बाल–बच्चाहरुका लागि सुलभ मूल्यमा सहज ढङ्गले उच्च गुणस्तरको बाल स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ अग्रसर रहेको छ । सो संस्थाले दमकमा पनि बाल अस्पताल संचालनमा ल्याइ सेवा प्रदान गरेको छ ।

     

    उक्त संस्थाको सत्कर्मलाई आत्मसाथ गर्दै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग प्रदान गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सो संस्थाका अध्यक्ष डा. भगवान कोइरालालाई रकम हस्तान्तरण गरेका हुन् ।


    अर्थ चाैतारी
  • विहिबार, ४ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट