logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • सिभिल अस्पतालमा २५० शय्या थपिँदै

    सिभिल अस्पतालमा २५० शय्या थपिँदै

    676
    SHARES
    सिभिल अस्पतालमा २५० शय्या थपिँदै

    काठमाण्डौ । निजामती कर्मचारी अस्पताल स्तरोन्नति हुने भएको छ। अस्पतालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेलले चाँडै नै दुई सय ५० शय्या सञ्चालन गरेर अस्पताललाई स्तरोन्नति गरिने बताए। अस्पतालमा हाल एक सय ३२ शय्या सञ्चालन रहेको छ। अस्पतालले सबै तयारी पुरा गरिसकेको र नयाँ जनशक्ति चाँडै परिपूर्ति गरेर अस्पताललाई दुई सय ५० शय्यामा सञ्चालन गर्ने निर्देशक पौडेलले बताए।



    ‘अस्पतालको स्तरोन्नतिसँगै सेवा पनि विस्तार गरिनेछ’ एक हप्ताभित्रमा उच्च प्रविधिको अत्याधुनिक ‘एमआरआई’सेवा सुरु गर्ने छौं’ उनले भने। उनका अनुसार अत्याधुनिक एमआरआईले जटिल किसिमको रोगको पत्ता लगाउनका लागि परीक्षण गर्दछ। एमआरआईको प्रयोगबाट ब्रेन ट्युमर, पेट, नशा र जटिल रोगको परीक्षण हुन्छ।

     

    निजी अस्पतालमा उक्त सेवा भए पनि सरकारी अस्पतालमा पहिलो भएको उनको भनाइ रहेको छ। अस्पतालका निर्देशक डा पौडेलले एमआरआईमा हेलियस ग्यास भरेपछि सञ्चालन गरिने बताए। रु २२ करोडमा खरिद गरिएको उक्त एमआरआई उपकरण दुई महिना अघि मात्र ल्याइएको छ।

     

    यसैगरी अस्पतालले क्यान्सरका बिरामीको उपचारका लागि रेडियोथेरापी उपकरणसमेत ल्याउन थालेको छ। यसैगरी अस्पतालले ब्याचलर अफ नर्सी एण्ड क्रिटीकल केयर विषयसमेत अध्ययन गराउने भएको छ। कार्यकारी निर्देशक डा पौडेलले यही जेठको अन्तिम सातादेखि २० जनालाई उक्त विषय अस्पतालमा अध्यापन गराइने उनले बताए।

     

    यसैगरी सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा निजामति अस्पताललाई विशिष्टीकृत चिकित्सासहितको सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्दै सातवटै प्रदेशमा विस्तार गरिने उल्लेख छ। सबै किसिमको विशेषज्ञ सेवासहितको अस्पताल बनाउन क्षमता पनि विस्तार गरी एक हजार शय्या पुर्याइने लक्ष्य लिइएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, ९ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट