काठमाण्डाै । गणतन्त्र दिवसको अवसर पारेर कलंकीमा रहेको सहिद मेम रियल अस्पतालले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । निःशुल्क स्वास्थ्य शिविरमा अस्पतालका डाक्टरहरूले जनरल तथा युरो सर्जरी, हाडजोर्नि,नशा रोग, पेट तथा कलेजो रोग, स्त्री तथा प्रसूति रोगको परीक्षण गरिएको थियो ।
यसै गरी निःशुल्क स्वास्थ्य शिविरमा मधुमेह तथा थाईराईड रोग, नाक कान तथा घाँटी रोग, बाल रोग, मुटु रोग, छाला तथा योनरोग, लगायत ल्याब, भिडियो एक्स-रे,औषधि वितरणका सेवाहरू पनि प्रदान गरिएको थियो । निःशुल्क रूपमा बाह्र सय जनालाई सेवा प्रदान गरिएको अस्पतालका सहायक प्रबन्ध निर्देशक डा जितेन्द्र श्रेष्ठले जानकारी दिए ।