logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • बढ्नुको साटो ५ प्रतिशतले घट्यो सुर्तीजन्य पदार्थको कर

    बढ्नुको साटो ५ प्रतिशतले घट्यो सुर्तीजन्य पदार्थको कर

    533
    SHARES
    बढ्नुको साटो ५ प्रतिशतले घट्यो सुर्तीजन्य पदार्थको कर

    काठमाण्डौ । सुर्तीजन्य पदार्थको कर बढ्नुको साटो पाँच प्रतिशतले घटेको छ। सरकारले आर्थिक वर्ष २०८०/ ८१ का लागि प्रस्तुत गरेको बजेटका अनुसार यो वर्ष सुर्तीजन्य पदार्थमा लाग्दै आएको कर ५ प्रतिशतले घट्ने देखिएको हो। एक्सन नेपालले सुर्तीजन्य पदार्थलाई नियन्त्रण गर्नुको सट्टा संरक्षण र प्रवर्द्धन गरेकोमा विरोध जनाएको छ।



    एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सरकारले सुर्ती उद्योगीको दबाब र प्रभावमा परेर सुर्तीजन्य पदार्थमा लाग्दै आएको कर घटाएको बतएका छन्। ‘सरसर्ती हेर्दा २ देखि ४ प्रतिशत कर बढाएको जस्तो देखिए पनि वास्तममा ५ प्रतिशतभन्दा बढी कर घटेको छ’ उनले भने।

    सरकारले यसपटकको बजेट भाषणद्वारा अवलम्बन गरेको नीतिले खाद्यान्न झन् झन् महंगो हुँदै जाने र सुर्तीजन्य पदार्थको मूल्य झन् सस्तिँदै जाने अवस्था सिर्जना गरेको उनले बताए। स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले केही दिनअघि मात्रै विश्व स्वास्थ्य संगठनको ७६ औं महासभालाई सम्बोधन गर्ने क्रममा समेत नेपालले सूर्तिजन्य पदार्थमा करको दर बढाउने प्रतिवद्धता गरेका थिए।

    ‘स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आफू मन्त्री भएदेखि नै सुर्तीजन्य पदार्थमा कर बढाउने कुरामा जोड दिएकाले कर पक्कै पनि बढ्छ भने आशा लिएका थियौं’ उनले भने, ‘तर बजेट भाषणले नेपालमा सूर्तिजन्य पदार्थमा लाग्दै आएको करको दर झन् ऋणात्मक हुने अवस्थामा पुग्यो। गतवर्ष भन्दा करिब ५ प्रतिशतले करको दर घट्ने देखिएको छ।’

    बजेटमा ज्यादै न्यूनरुपमा (२.५ देखि ४ प्रतिशत सम्म) कर बृद्धि गरेको देखिए पनि मुद्रास्फिति दर ७.८ प्रतिशतले वृद्धि हुँदा करको दर घट्ने देखिएको उनले बताए। यो पछिल्लो १० वर्ष यताकै न्यून हो।

    विश्व स्वास्थ्य संगठनले सूर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न कम्तीमा ७५ प्रतिशत कर लगाउनु पर्छ भन्दै आएको छ। तर नेपालले बढाउनु पर्ने करको दर झन् झन् घट्दै आइरहेको छ। चन्दले वार्षिक २७ हजार बढी नेपालीको ज्यान लिने सुर्तीजन्य पदार्थलाई नियन्त्रण गर्नुको सट्टा संरक्षण र प्रवद्र्धन गर्ने गरीआएको बजेट वक्तव्यको भर्त्सना गर्दै यसलाई तत्काल सच्याउन माग गरेका छन्।

     


    अर्थ चाैतारी
  • बुधबार, १७ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट