logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • सबिल खान भए योङ्गेष्ट सीईओ अफ द इयर एसिया

    सबिल खान भए योङ्गेष्ट सीईओ अफ द इयर एसिया

    754
    SHARES
    सबिल खान भए योङ्गेष्ट सीईओ अफ द इयर एसिया

    काठमाण्डौ । अरबेन्स नेपाल र रिल्याक्स नेपालका प्रमुख कार्यकारी अधिकृत सबिल खालले ‘आइकन अफ एसिया अवार्ड २०२३’ जितेका छन्। उक्त अवार्ड दुबईको होटल क्राउन प्लाजनामा कार्यक्रम आयोजना गरेको वितरण गरिएको थियो।



    उक्त अवार्डका लागि ४२ देशका विभिन्न कम्पनीबाट सहभागि भएका थिए। नेपालबाट विभिन्न कम्पनीका २५ जनाले अवार्डमा भाग लिएका थिए। उक्त अवार्ड खानको हातमा परेको हो। यसका लागि कार्यालयमा नेतृत्व लिन सक्ने क्षमता, सम्पूर्ण टिमलाई परिचालन गर्न सक्ने क्षमता लगायतका मापदण्ड तोकिएको थियो ।

     

    अवार्ड वितरण समारोहमा दुबईको परराष्ट्र मन्त्रालयका केएल गन्जुले उद्यमशिलताका विषयमा आफ्ना विचार व्यक्त गरेका थिए। अवार्ड जितेपछि खानले आयोजकलाई धन्यवाद दिँदै आफू अत्यन्तै हर्षित भएको प्रतिक्रिया दिए। आफ्नो लगनशिलता र मिहेनतका कारण उक्त सम्मान प्राप्त गरेको उनको भनाई छ।


    अर्थ चाैतारी
  • विहिबार, १८ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट