logo

२०८३ बैशाख १७, विहिबार

logo
  • २०८३ बैशाख १७, विहिबार
  • ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न, फोहोरमैला व्यवस्थापनमा काम गर्ने कामदारहरूलाई सम्मान प्रदान

    ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न, फोहोरमैला व्यवस्थापनमा काम गर्ने कामदारहरूलाई सम्मान प्रदान

    2.4K
    SHARES
    ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न, फोहोरमैला व्यवस्थापनमा काम गर्ने कामदारहरूलाई सम्मान प्रदान

    काठमाण्डौ । कोका-कोला फाउन्डेसन नेपाल र बोटलर्स नेपाल लिमिटेड, क्रिएसन र रिसाइक्लर साथीले ‘हाम्रो साइकल यात्रा’ र्‍याली ३ जुन २०२३ मा सम्पन्न गरेको छ । खुलामन्चबाट सुरु भएको र्‍याली दर्बारमार्ग, नक्साल भगवती, पुतलिसडक, एन एसि हुँदै खुलामन्चमा समापन भएको थियो। ‘हाम्रो साइकल यात्रा’ हरेक वर्ष फोहोरमैला व्यवस्थापनमा काम गर्ने कामदारहरूलाई सार्वजनिक रूपमा सम्मान गर्न र वातावरण सफा र स्वस्थ राख्नमा उनीहरूको उल्लेखनीय संलग्नताको प्रशंसा गर्न आयोजना गर्दै आइएको हो ।



     

    साइकल र्‍यालीमा करिब ३०० जना सहभागी भएका थिए। र्‍यालीमा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष श्री सुरेन्द्र बस्नेत, क्रिएसनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्र, क्रिएसनका सद्भावना दूत तथा बोर्ड मेम्बर अभिनेतृ केकी अधिकारी, अभिनेतृ शिल्पा मास्के लगायतको उपस्थिति थियो। र्‍यालीसंगै निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरिएको थियो । स्वास्थ्य शिविरमा फोहोरमैला कामदारहरूको निःशुल्क स्वास्थ्य, आँखा र दाँतको परिक्षण पनि गरिएको थियो । हाम्रो साइकल यात्रा एकताको प्रतीक हो जहाँ सबै सरकारी तथा निजी संस्थाहरू, युवाहरू र फोहोर मजदुरहरू राष्ट्रको वातावरणीय चुनौतीहरू पहिचान गर्नका साथै स्वच्छ वातावरण कायम गर्न र फोहोर मजदुरहरूको उल्लेखनीय योगदानको कदर गर्न एकजुट हुन्छन्।

    र्‍याली समापन समारोहमा माननीय उपाध्यक्ष श्री सुरेन्द्र बस्नेतले फोहोरमैला मजदुरहरुको भूमिका र हामी सबै आम जनताका भूमिका वातावरण सफा राख्नका लागी बारेमा आफ्नो अन्तर्दृष्टिपूर्ण राख्नुभएको थियो। क्रिएसनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले हाम्रो साइकल यात्राको २०१० मा भएको सुरुवात र कार्यक्रमको महत्वका बारेमा मन्तव्य राख्नुभयो । साथसाथै सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे । अभिनेतृ केकी अधिकारीले फोहोर मज्दुरहरुको योगदान्को लागी स्म्मान गर्नु पर्ने र वहाँहरुको काम लाई मह्त्व दिनु पार्ने आव्श्यक्ता जनाइन।

     

    यस ‘हाम्रो साइकल यात्रा’ २०२३, समिट एअर, मातृका आइ सेन्टर्, समाज देन्टल क्लिनिक, रिलाएबल डाएगोनोस्टिक ल्याबोरेटोरी, आइडियल फार्मा, साइकल सिटी नेटवर्क नेपाल, ग्रीन्वे नेपाल, साइकल कनेक्ट भक्तपुर, जुजु बाइक्स, लियो क्लब अफ काठमाण्डौ सौहार्द , लियो क्लब अफ काठमाडौं बिशालनगर, र रोटर्याक्ट क्लब अफ पशुपती ल क्याम्पसको सहकार्यमा भएको थियो।

    क्रिएसनके बारेमा
    क्रिएसन (सेन्टर फर रिसर्च एण्ड सस्टेनेबल डेभलपमेन्ट नेपाल) द्दण्ण्छ मा स्थापित एक गैरलाभकारी संस्था हो। यसले दिगोपनमा आधारित विकासलाई बढावा दिएर सामाजिक आविष्कारहरू, प्रभावमा आधारित परियोजनाहरू, युवाहरूका लागि सिकाइ केन्द्र र माध्यमको रूपमा सेवा गर्दछ। सम्बन्धित सरोकारवालाहरु संलग्न छन्। यसको विकासशील कार्य क्षेत्रहरूसँग, क्रिएसनले दिगो विकासको लागि द्दण्घण् एजेन्डालाई सम्बोधन गर्ने लक्ष्य राखेको छ।

     

    क्रिएसन नेपालको प्राविधिक प्रगति, नीति निर्माण र सामाजिक रूपान्तरणको दीर्घकालीन रणनीतिको तीव्र समर्थक हो जसले सन् २०४५ सम्ममा नेट-शून्य उत्सर्जन हासिल गर्न कार्बन-न्युट्रल, समावेशी, र जलवायु-उत्थानशील भविष्यतर्फ डोऱ्याउँछ। क्रिएसनका चार मुख्य विषयगत क्षेत्रहरू वातावरण र दिगोपन, विपद् जोखिम न्यूनीकरण, युवा तथा स्वयंसेवा एवं शिक्षा र वकालत हुन्।

     

    रिसाइक्लर साथीके बारेमा
    रिसाइक्लर साथी एउटा सामाजिक उद्यम हो, जुन २०१९ मा कोका-कोला फाउन्डेसन र बोटलर्स नेपाल लिमिटेडको सहयोगमा नेपालमा फोहोरको समस्या समाधान गर्न अनुसन्धान र हस्तक्षेपहरू विकास गर्न सुरु गरिएको हो। रिसाइक्लर साथीले नेपालमा रहेका सबै प्लास्टिक फोहोरलाई पुनस् प्रयोग गर्ने र फोहोरमैला व्यवस्थापन क्षेत्रलाई सम्मान गर्दै अाएकाे छ।


    अर्थ चाैतारी
  • आइतबार, २१ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट